दुबै मृगौला बिग्रिएकी सुरुङ्गाकी कल्पनाको जीवन वचाइदिन आग्रह

लिलाराज झापाली , २०५७३  पटक हेरिएको

कनकाई-झापा कनकाई नगरपालिका ३ सुरुङ्गाकी ४३ बर्षिय कल्पना उप्रेती चुडालको दुबै मृगौला बिग्रिएर हाल दैनिक ४ पटक मृगौलाको डाइलेसिस गराइरहनुभएको छ ।

विगत १० बर्षदेखि नियमित मृगौलाको डाइलेसिस गराइरहनुभएकी चुडालको उपचारका क्रममा सबै जाय जेथा सकिएपछि हाल जीवन वचाइदिन आर्थिक सहयोगका लागि सबैसमक्ष चुडालले अनुरोध गर्नुभएको छ । एक छोरी श्रीमानका साथ कनकाई नगरपालिका ३ टप्पु पिङ्गडाँडामा स्थायी बसोवास गर्दै आउनुभएकी चुडाल मेशिन राखेर हाल घरमै मृगौलाको डाइलेसिस गराउदै आउनुभएको छ । १० बर्षदेखि नियमित मृगौलाको डाइलेसिस गराउनुपर्दा घरमै मेशिन किनेर डाइलेसिस गराउदै आएको कल्पनाका श्रीमान नारायण चुडालले बताउँनुभयो । कल्पनाको रगतमा पानीको मात्राको डाइलेसिस गराउदै आएको समेत

श्रीमान नारायणले बताउँनुभयो । यसका लागि महिनामै ७ कार्टुन पानी प्रयोग हुदै आइरहेको छ । कल्पनाको जीवन वचाइदिन सहयोग गर्ने दाताले सिभिल बैँकको बिरामी कल्पना उप्रेती चुडालको नाममा रहेको खाता नम्बर ०७७१०४९६०४२०१८ सहयोग रकम जम्मा गरिदिन वा श्रीमान नारायण प्रसाद चुडालको मोवाइल नम्बर ९८१८४२८६१५ मा सम्पर्क राखिदिन समेत सबैसमक्ष अनुरोध गर्नुभएको छ । यसैविच स्थानीय गाउँलेहरुको समुहले चुडालको उपचारका लागि सहयोग संकलन सुरु गरेका छन । स्थानीय वेनुप्रसाद पराजुलीको संयोजकत्वमा गठित सहयोग समितिबाट संकलित सहयोग रमक ६२ हजार ६ सय ४५ रुपैँया विशेष कार्यक्रममा विच परिवारलाई सहयोग समितिकी सचिव मिना सिटौला र अध्यक्ष पराजुलीले हस्तानतरण गर्नुभयो । सहयोगका लागि सबैलाई कनकाई ३ का वार्डअध्यक्ष युवराज चम्लगाईले अनुरोध समेत गर्नुभयो ।

प्रकाशित मिति: २०२२-०७-३० , समय : १९:२३:५१ , २ वर्ष अगाडि