माछा मार्ने क्रममा झापामा करेन्ट लागेर एक जनाको मृत्यु

न्युज कारखाना , २९२६७  पटक हेरिएको

काठमाडौं-झापाको भद्रपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । भद्रपुर नगरपालिका-७ का ४० वर्षका भोटलाल गणेश राजवंशीको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

भद्रपुर नगरपालिका-४ आमडाँडीमा रहेको इलाम टी प्रोड्युसर प्रालिको भवन निर्माणको काम गर्ने राजवंशी माछा मार्ने क्रममा गम्भीर घाइते भएपछि उपचारका लागि मेची अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याए लगत्तै डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति: २०२२-०७-२८ , समय : २०:०२:३९ , २ वर्ष अगाडि