हात्तीपाईलेको औषधि खुवाउन स्वास्थ्यकर्मी घर-घरमा आउने

झापा एक्सप्रेस , ९१६६  पटक हेरिएको

शरणामती।हात्तीपाइले रोग विरुद्वको आमऔषधी सेवन गराउने कार्यक्रम अन्तरगत झापा-१ र २ मा स्वास्थकर्मी घर-घरमा आउने भएका छन् ।

झापा गाउँपालिकामा हात्ती पाइले रोगबाट बढी प्रवाभित यिनै वडा भएकाले हात्तीपाइले रोग विरुद्दको औषधि सेवनमा अनिवार्यता ल्याउन घर-घरमै पुग्ने कार्यक्रम अघि सारिएको कुमरखोद स्वास्थ्य चौकीका प्रमुख श्यामकुमार न्यौपानेले बताए।झापा गाउँपालिकामा हात्तीपाइले रोग अझै निर्मुल नभइसकेको उनले बताए ।पालिकामा २.५% हात्तीपाइले रोगको सिकार छन्।औषधि सेवनलाई अझै प्रभावकारी वनाउन लागिपरेका छौ उनले भने ।

कार्यक्रममा झापा-२ का वडाध्यक्ष नेत्र बहादुर खड्काले वडाबासी स्वास्थ्य रहेमा मात्र वडा समृद्द हुने भन्दै अव स्वास्थ्यकर्मी घर-घरमै औषधि सेवन गराउन जाने र औषधि सेवन गरेको कार्ड समेत दिने जानकारी दिए।

फागुन २८ गतेदेखि चैत्र ४ गते सम्म सञ्चालन हुने हात्ती पाइले रोग विरुद्वको औषधी सेवन अभियान झापा गाउँपालिकाका सात वटा वडामा पालैपालो संचालन गरिने स्वास्थ प्रमुख लक्ष्मण विश्वकर्माले बताए ।हात्तीपाइले रोग विरुद्वको औषधी २ वर्षभन्दा मुनिका बालबालिका, सिकिस्त बिरामी, गर्भवती महिला, ७ दिनसम्मको सुत्केरी बाहेकले निर्धक्क सेवन गर्न मिल्ने स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०३-०४ , समय : २०:५९:०१ , २ वर्ष अगाडि