झापा एक्सप्रेस , २५८२८ पटक हेरिएको
शरणामती।झापाको झापा गाउँपालिका वडा नम्बर ५ को सिमलडाँगी बस्तीको एउटा सानो झुपडी भित्र आस्था खातुन गहिरो निन्द्रामा थिइन।उनले निन्द्रामा सपना देखेकी थिइनन।उनी सँग देख्नेनै सपना के नै थियो र।जनमजदुरीले चलेको परिवार,सानो घर,जसतसो चलेको जिन्दगी।
बुधबार बिहानको मिठो निन्द्रा,घडीनै कसले हेरेको थियो र?अन्दाजी ३ बजे देवरको घरमा राखेको विधुतिय मिटर पड्केको आवाज आयो।तर्सेर खातुन सँगै आसपासका ५ घरपरिवार समेत व्युजिँए।व्युजिनासाथ पल भरमै मिटरमा आगो लागिसकेको थियो।हतासको समय एक बाल्टी पानी हतार-हतार मिटरबक्समा खनाएर आगो निभाउन प्रयत्न गरियो तर त्यो पानी आगोका लागी घिँउ समान भयो।झन आगो दन्कियो।खातुन सँगै नजिक घर रहेका सबै परिवारका ३६ जना भागदौड मच्चियो।टिनको छानो,खरको फुस्को टाँटी लगाएको घरहरु पल-भरमै खरानी भए।
नजिकै रहेको पन्थापाडा प्रहरी चौकी,सशस्त्र प्रहरी पन्थापाडा विओपी,स्थानीयले आगो निभाउन अथक प्रयत्न गरे।तर आगो सबै घर जलेर पुर्णरुपमा नष्ट गरेपछि मात्र निभ्यो।
त्यस गाउँमा बाबु,छोरा आपसमा ६ परिवार वरीपरी आफ्ना-आफ्ना छुट्टाछुट्टै घरमा बस्थे।छुट्टा-छुट्टै खान्थे।बुधबार बिहानको त्यो आगोले सबैका सपना जलायो।दु:खले आर्जेको आवासको यो हविगत बनायो।
‘बिहे गर्दा आमाबुबाले दाइजो दिएको गरगहना समेत केही बचेन,सबै आगोले लग्यो उनले रुदै भनिन् लगाएको साडी मात्र बच्यो सबै जलेर नष्ट भयो ।उनी सँगै अवदुल करिम अली,अमोल अली,अनावर अली,स्माइल अली र सामेद अली सबैको घर सँगै घरभित्र रहेको लत्ताकपडा,नगद,खाद्यान्न,गहना लगायत सबै जलेर नष्ट भयो।
आगलागीबाट अवदुल करिम अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको एकतले घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जलेर नष्ट हुँदा तीन लाख बराबरको क्षति भएको छ । त्यस्तै आगलागीबाट अबदुल जुलास अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको एकतले घर र घरभित्र सबै सामान जल्दा तीन लाख, अमोर अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको एकतले घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जलेर दुई लाख ५० हजार बराबरको क्षति भएको छ ।
त्यस्तै, अनावर अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको एकतले घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जल्दा तीन लाख ५० हजार, इस्माइल अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको एकतले घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जल्दा तीन लाख ७५ हजार र सामेद अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको एकतले घर तथा घरभित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जल्दा चार लाख ५० हजार बराबरको क्षति भएको पिडितले टिपाएको प्रहरी विवरणमा उल्लेख छ।
भर्खरै दु:खले घर बनाएको थिए।सबै जलेर नष्ट भयो ,अब कहाँ बस्ने चिन्ता लागेको छ अवदुल जुलास अलीले भने।
यता आगलागी पिडितलाई खाद्यान्न,त्रीपाल लगायत भुजाको राहतको सात्वना मिलेको छ।आगलागीबाट पिडितलाई स्थानीय सेर मोहमद अली,नेपाल रेडक्रस सोसाइटी झापा,झापा गाउँपालिका,वडा नं ५ को कार्यालय,जिवन विकास लघुवित्त वित्तिय संस्था टाघनडुब्बा,झापा क्षेत्र नं ४ का संघीय सांसद एलपी सावाँ लिम्बु,स्थानीय इमरान अली,नेपाल चेम्बर अफ कमर्स झापा गाउँपालिका लगायतले खाद्यान्न दाल,चामल,नुन,तेल,त्रीपाल,थाल,गिलास,भुजा लगायतका सामग्री प्रदान गरेका छन् ।
प्रकाशित मिति: २०२२-०७-२० , समय : २०:१८:४९ , २ वर्ष अगाडि