झापा एक्सप्रेस , ४६९६७ पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिका-५ सिमलडाँगीमा आगलागी हुँदा छ घर पुर्णरुपमा जलेर नष्ट भएका छन।
आज(बुधबार ) बिहान करीव तिन बजे अवदुल करिम अलिको घरको विद्युतीय मिटर सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।मिटर सर्ट हुँदा अवदुलको घर सहित आसपास रहेका अवदुल जुलास अली,अमुल अली,अनावर अली,स्माइल अली र सामेद अलीको घर पुर्णरुपमा जलेर नष्ट भएको छ।
मानवीय र चौपाया क्षती नभएपनि घरहरु पुर्णरुपमा जलेकाले घर भित्र रहेका लत्ताकपडा,अन्न लगायत सम्पुर्ण सामान जलेर नष्ट भएको प्रहरीले बताएको छ।आगलागीबाट भएको क्षतीको पुर्ण विवरण भने आउन बाँकी रहेको छ।
स्थानीय,नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो अहिले नियन्त्रणमा लिइसकेको स्थानीय साजेमान सेकले झापा एक्सप्रेसलाई बताए।
प्रकाशित मिति: २०२२-०७-२० , समय : ०७:१८:१८ , ३ वर्ष अगाडि