टाघनडुब्बा साना किसान सहकारी बन्यो चार जिल्ला मध्येकै उत्कृष्ट

झापा एक्सप्रेस , २८८४७  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिका-३ कामाटोलीमा रहेको टाघनडुब्बा सामुदायिक साना किसान कृषि सहकारी संस्था चार जिल्ला मध्येकै उत्कृष्ट सहकारी बनेको छ।

साना किसान विकास लघुवित्त वित्तिय संस्था इलाका कार्यालय विर्तामोडले झापा,इलाम,पाँचथर,ताप्लेजुङ जिल्लाका साना किसान सहकारीहरुका स्तरीकरणका सुचकहरुको आधारमा मुल्याङ्कन गर्दा आ.व २०७७ र ७८ मा टाघनडुब्बा साना किसान यी चार जिल्लाकै साना किसान सहकारी भन्दा उत्कृष्ट बनेको हो।

यसै अवसरमा उत्कृष्ट हुँदै संस्थाले नगद २० हजार सहित सम्मान पत्र पाएको टाघनडुब्बा साना किसानकी व्यवस्थापक युद्वमाया खड्का(मुना) ले बताइन् ।नेपाल कृषि संघका केन्द्रीय उपाध्यक्ष मिनाकुमारी ढकाल,जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल लगायतले सहकारीका अध्यक्ष केशब कटुवाल सहित संस्थाको टिमलाई पुरस्कार प्रदान गरेका थिए।

साना किसान विकास लघुवित्त वित्तीय संस्था इलाका कार्यालय बिर्तामोड झापाका अधिकृत दोर्णराज घिमिरेले संचालन गरेको कार्यक्रममा साना किसानका इजिरायली प्रशिक्षार्थी चन्द्रप्रसाद बस्नेतले स्वागत गरेका थिए।

प्रकाशित मिति: २०२२-०७-०६ , समय : २०:४८:५९ , २ वर्ष अगाडि