झापा एक्सप्रेस , १९१५९ पटक हेरिएको
शरणामती-झापाको झापा गाउँपालिका-३ मा रहेको नमुना प्राथमिक विद्यालयका विद्यार्थीले शैक्षिक सामग्री पाएका छन् ।विर्तामोड-५ स्थीत जिवीत वचन मण्डलीले विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ पौडेलको अध्यक्षता र राप्रपा झापा गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीलाई कपी र कलम वितरण गरिएको शिक्षिका रुपमाया थापाले बताइन ।शैक्षिक सामग्री पाएर खुसी भएको विद्यार्थीहरुले बताएका छन् ।
मण्डलीले हरेक वर्ष नमुना प्राविका विद्यार्थीहरुलाई सहयोग गर्दै आइरहेको अध्यक्ष पौडेलले बताए ।उनले अघिल्लो वर्ष मण्डलीले विद्यार्थीहरुलाई टेवल कुर्सी दिनुका साथै शैक्षिक सामग्री प्रदान गरेको जानकारी दिए ।
प्रकाशित मिति: २०२२-०७-०४ , समय : २०:०८:५० , २ वर्ष अगाडि