“अब आरोप होइन,सुचनाको हक प्रयोग गरेर हिसाब खोजी गरौं”

झापा एक्सप्रेस , २३९५१  पटक हेरिएको

शरणामती ।झापा गाउँपालिका वडा नम्बर ६ मा युवा उद्यमशीलता र सुचनाको हक सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।वार्ड कार्यालयको समन्वय तथा झापा क्षेत्र नम्बर ४ (२) को प्रदेश निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको आर्थिक सहयोगमा प्रकृति फाउन्डेसनले कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा युवा उद्यमशीलताका बारेमा प्रशिक्षक दिपक दास र मिलन खत्रीले प्रशिक्षण दिएका थिए।प्रशिक्षकहरुले प्रशिक्षार्थीहरुलाई युवा उद्यमशीलताका लागि नयाँ उर्जा थपेका थिए।युवा देशका परिवर्तनका सम्बाहक हुन भन्दै नेपाल सरकारले युवा विकासका लागि गरेको कानुन निर्माण,बजेट विनियोजन,स्वरोजगारमुखी लगायतका कार्यक्रमका बारेमा चर्चा गरेका थिए।प्रशिक्षकले उदाहरणमा युवाहरुले गरेका सफलताका कथाहरु समेत प्रस्तुत गरेर प्रशिक्षार्थीको आत्मबल बढाएका थिए।

यता सुचनाको हक सम्बन्धी प्रशिक्षणका प्रशिक्षक राजु श्रेष्ठ र प्रदिप परियारले सार्वजनिक निकायमा रहेका सार्वजनिक सरोकारका विषयहरु थाहा पाउने अधिकार नै सुचनाको हक हो भनेर प्रष्ट्याएका थिए।नागरिकले सुचनाको हक प्रयोग गर्ने अधिकार संविधान २०७२ को धारा २७ मा उल्लेख गरिएको बताए।प्रत्येक नागरिकले सुचनाको हक प्रयोग गरेर सार्वजनिक विषयमा चासो राखे सुन्दर समाज निर्माण र भ्रष्टचारमुक्त समाज निर्माण हुनेमा प्रशिक्षकले जोड दिए।”अब आरोप होइन,सुचनाको हक प्रयोग गरेर हिसाब खोजी गरौं”प्रशिक्षकले भने।जुनसुकै राम्रा काम नराम्रा काम सबैको पारदर्शिता खोज्नु हाम्रो अधिकार हो।हामीले तिरेको प्रत्यक्ष कर र अप्रत्यक्ष करको हिसाब खोज्नुपर्नेमा प्रशिक्षकले जोड दिए।

कार्यक्रममा ४५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो।प्रशिक्षार्थीले दुई दिने प्रशिक्षणमा सिकेका कुराहरु व्यवहारमा उतार्ने प्रतिवद्वता व्यक्त गरे ।

क्षेत्र नम्बर ४ का प्रदेश सभा सदस्य हिरा थापाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको प्रशिक्षण कार्यक्रमको समापन फाउन्डेसनका अध्यक्ष मनोज ताम्लीको अध्यक्षता र गाउँपालिका उपाध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यता साथै वडाध्यक्ष नवीनकिशोर थापाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो।

प्रकाशित मिति: २०२२-०७-०३ , समय : २०:२४:३४ , २ वर्ष अगाडि