कुमरखोद स्वास्थ्य चौकीको फेरियो मुहार

झापा एक्सप्रेस , २८५७१  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिका-२ मा रहेको पुरानो स्वास्थ्य चौकी कुमरखोद स्वास्थ्य चौकीको मुहार फेरिएको छ।जिर्ण अवस्थामा रहेको स्वास्थ्य चौकीले मुहार फेरिए सँगै नयाँ जीवन पाएको हो।

एक वर्ष अगाडि कनकाई साप्ताहिक र कनकाई अनलाइनले प्राथमिकताका साथ “कुमरखोद स्वास्थ्य चौकी जिर्ण अबस्थामा-छतबाट सिमेन्टका ढिक्का खस्छन” भन्ने शिर्षकमा समाचार प्रकाशित गरेको थियो।समाचार प्रकाशन भएको सोही आर्थीक वर्ष सकिनै लाग्दा कुमरखोद स्वास्थ्यचौकीले नयाँ जीवन पाएको छ।

जिर्ण भवनबाटै सेवा सञ्चालन भैरहँदा सेवाग्राही र स्वास्थ्यकर्मी जोखिममा काम गर्नु परेको थियो।स्वास्थ्य चौकीको भवन जुनकुनै बेला भत्किने अबस्थामा पुगेको थियो। छतबाट सिमेन्टका ढिक्का पनि खस्ने गरेको थियो।यहीँबाट जसोतसो स्वास्थ्य सेवा प्रवाह भइरहेको थियो। २०३० साल असारमा स्थापना भएको ६ कोठे भवन पानी पर्दा चुहिने गरेकोे,भवनको झ्याल, ढोका पनि जिर्ण अवस्थामा पुगेका थिए।

पानी पर्दा पनि चुहिन्थ्यो,माथी छत देखि सिमेन्टका ढिक्का खस्थे, ज्यान जोखिममै राखेर भए पनि सेवा प्रवाह गर्नु परेको थियो अब त्यो समस्या हटेको छ। स्वास्थ्यचौकी प्रमुख श्यामकुमार न्यौपानेले बताए।यस स्वास्थ्य चौकीमा ७ जना कर्मचारी कार्यरत छन।दैनीक औसतमा २५ जना बिरामीले सेवा लिन आउने गरेका छन।

प्रदेश नम्बर १ सरकार माताहत स्वास्थ्य कार्यालय झापाले स्वास्थ्यचौकी मर्मतका लागि भ्याट सहित ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रमुख न्यौपानेले बताए।

स्वास्थ्यचौकीको जिर्ण छत मर्मत गरेर रंगरोकन गरिएको वडा सचिव नारायणकुमार चम्लागाईंले बताए।”झ्याल सबै नयाँ लगाइयो,छत मर्मत गरियो,रंगरोकन गरियो” चम्लागाईंले भने।

यद्वपी २०७४ सालको स्थानीय निकायको चुनाव अगावै कुमरखोद स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका लागी डिपिआर भइसकेको थियो।तर दुई महिना पछी चुनाव आयो,चुनावी माहोल संगै यो बिषय पनि सेलाएर गयो। स्वास्थ्य चौकी निर्माणका लागि आफुँले डेलिकेसन लिएर संवन्धित निकायमा पटक-पटक पत्रचार समेत गरेको बिश्वकर्माले बताए।

नयाँ भवन नपाए पनि कुमरखोद स्वास्थ्यचौकीले नयाँ जीवन पाएको छ।लामो समयको अन्तराल पछि बेहुलीझै सिगारीएको छ।

पहिले यस्तो थियो पढ्नुस .

https://kanakaionline.com/2021/12766/%E0%A4%95%E0%A5%81%E0%A4%AE%E0%A4%B0%E0%A4%96%E0%A5%8B%E0%A4%A6-%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A5%8D%E0%A4%AF-%E0%A4%9A%E0%A5%8C%E0%A4%95%E0%A5%80-%E0%A4%9C/

प्रकाशित मिति: २०२२-०७-०२ , समय : १९:२४:५७ , ३ वर्ष अगाडि

error: Content is protected !!