कनकाईमा एक बालकको डुबेर मृत्यु

झापा एक्सप्रेस , २१००३  पटक हेरिएको

कनकाई-झापाको कनकाई नगरपालिका ८ बिरिङ नदिले बगाउँदा शुक्रवार दिउसो एक वालकको ज्यान गएको छ ।

कनकाई नगरपालिका लक्ष्मीपुरको विरिङ नदि किनारामा रहेको पार्कमा घुम्न आएका बिर्तामोड नगरपालिकाका ६ बर्षिय वालक सर्वजित ओलीको विरिङ खोलाले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

वालक आफ्ना बुवा नविन ओली संग पार्क घुम्न आएका थिए । नदी किरानरमा रहेको पार्कमा खेल्दै गरेका बालक एक्कासी नदिमा खसेर बगाएको स्थानीयको भनाई छ । नदीले बगाएर करिव ३ सय मिटर तल पुर्याएको र स्थानीयले उद्धार गरेर नदी किनारमा निकाल्दा बालककोे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बालकको शवलाई कानुनी प्रक्रिया पुरा गरेर पोस्टमार्टको लागि पठाएको छ । घटनाको बारेमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०७-०१ , समय : १९:३४:३० , २ वर्ष अगाडि