नेपालको अध्यक्षतामा उद्योग वाणिज्य संघ तदर्थ समिति गठन

झापा एक्सप्रेस , २९८३६  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिकामा उद्योग वाणिज्य संघ स्थापनाका लागि ठोमनाथ नेपाल(सन्तोस)को अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको छ।सोमबार झापा-४ को डिल्लीराज माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा तदर्थ समिति गठन गरिएको हो।

४ नम्बरका वडाध्यक्ष मोहमद ताहिरको अध्यक्षता र गाउँपालिका अध्यक्ष जयनारायण साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्षमा मनोजकुमार गणेश,वाणिज्य उपाध्यक्षमा छत्र पाण्डे,उद्योग उपाध्यक्षमा बसुन्धरा थपलिया,महासचिवमा भविन्द्र भण्डारी,उद्योग सचिवमा मनोज खत्री,वाणिज्य सचिवमा लालबहादुर कार्की,कोषाध्यक्षमा विकास अग्रवाल,सदस्यहरुमा क्रमश प्रदिप दास,ओमप्रकास गणेश,प्रेमसागर मण्डल,गुलावर मियाँ,शुशिलराज जोशी,मनोजकुमार राजबंशी,हुमादेवी कार्की,मनोजकुमार विस्ट र राम कृपाल गणेश सर्वसम्मत भएका छन् ।

सर्वसम्मत भएको तदर्थ समितिले झापा गाउँपालिकामा उद्योग वाणिज्य संघ स्थापना गर्न विधान बनाउने देखि लिएर दर्ता प्रक्रियाका काम पूरा गर्ने नवनियुक्त अध्यक्ष नेपालले झापा एक्सप्रेसलाई बताए।उनले यी सबै प्रक्रिया छ महिना भित्रमा पूरा गर्ने प्रतिवद्दता व्यक्त गरे।

कार्यक्रममा नवगठित तदर्थ समितिलाई गाउँपालिका अध्यक्ष साह,प्रदेश १ वाणिज्य संघका सदस्य कुमारमणी पोखरेल,कनकाई उवासंघका अध्यक्ष तुलसी विमली,शिव कडेल लगायतले बधाई तथा शुभकामना दिएका थिए।

भविन्द्र भण्डारीले संचालन गरेको कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष हिमाल चम्लागाईंले स्वागत मन्तव्य राखेका थिए।

प्रकाशित मिति: २०२२-०६-२७ , समय : १६:१५:३२ , २ वर्ष अगाडि