चन्द्र बस्नेत , १४४०९ पटक हेरिएको
सुरुङ्गा-मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै स्थापित अन्तर्राष्ट्रिय गैर सरकारी सामाजिक संस्था अन्र्तरगतको सुरुङगा जेसीजले स्थापना कालबाट नै सामाजिक कार्यमा सक्रिय बन्दै आएको छ ।सुरुङगा जेसीजको सन् २०२२ को नेतृत्व सुस्मा न्यौपानेले सम्हाले लगत्तै विभिन्न सामाजिक कामलाई तिब्रता दिइएको छ । वर्ष भरि नै विभिन्न सामाजिक कार्यहरु गर्ने बताएको सुरुङगा जेसीजले सामाजिक गतिविधिका कामलाई तिब्रता दिदै आएको हो ।
यसैबीच सुरुङगा जेसीजले असक्त तथा अपांगता भएकाहरूलाई विल चियर प्रदान गरेको छ।आज सुरुङ्गा चोकमा भेला भएर अशक्त,अपांगता भएकाहरूको घर घरमा नै पुगेर विल चियर प्रदान गरिएको कार्यक्रम संयोजक एवम् सुरुङा जेसीज वर्ष २०२२ कार्यकारिणी उपाध्यक्ष मेनुका उप्रेतीले जानकारी दिनुभयो ।
सुरुङगा जेसीज वर्ष २०२२ कि अध्यक्ष सुस्मा न्यौपानेको सभापतित्वमा आयोजित कार्यक्रममा कनकाई १,२ र ३ का अशक्त,अपांगता ३ जनालाई विल चियर वितरण गरिएको सुरुङा जेसीज वर्ष २०२२ कि शिक्षा सयोजक एवम् कनकाई वडा न १ कि महिला वडा सदस्य निर्मला खड्काले जानकारी दिनुभयो ।
विल चियर पाउनेमा कनकाई १ कि , गितादेवि भट्टराई , कनकाई २ कि भिम माया दर्जी र कनकाई ३ का रमेश दर्नाललाई विल चियर वितरण गरिएको जेसी टिकराम भण्डारी( सुदिप)ले जानकारी दिनुभयो । सि. एल. ओ. लुब्रिकेसन नामक सस्थाको सहयोगमा सुरुङा जेसीजले विल चियर वितरण गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । कार्यक्रममा उपस्थिति वडा न २ का अध्यक्ष प्रताप राई , वडा न १ का प्रतिनिधि हरि राई वडा न ३ का अध्यक्ष युवराज चौलागाईं लगायतले जेसीजले गरेको यस्तो महान कार्यको खुलेर प्रसंशा गर्दै यस्ता व्याक्तिहरुलाई सरकारले पनि उचित सम्मान गर्नुपर्नेमा जोड दिएका थिए ।
यसअघि पनिजेसीजले एक दिवसीय विद्यार्थी केन्द्रित मेडिटेशनको कार्यक्रम सम्पन्न गरेको छ ।सुरुङ्गा जेसीजले माता औशिको अवसरमा १७ जना माता हरुलाई सम्मान गरिएको थियो ।सुरुङ्गा जेसीजले सामाजिक कार्यकै सिलसिलामा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
यस अघि सुरुङ्गा जेसीजले कनकाई ८ र ९ का २ जना श्रम जिवी महिलालाई लत्ताकपडा तथा खाद्यान्न सामग्री वितरण, विपन्न नागरिकलाई न्यानो कपडा वितरण ,अति विपन्न वर्गहरुका लागि ब्ल्याङकेट वितरण अन्तरक्रिया कार्यक्रम , वृक्षा रोपण लगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ। जेसीजले आफ्ना सदस्यहरुको क्षमता विकासका लागि एक दिने क्षमता विकास तालिम समेत सम्पन्न गरेको छ ।
जेसीजले सामाजिक कार्य अन्र्तगत अर्जुनधारा–१ स्थित श्री शंकराचार्य पीठ साधुटारको गौशालामा रहेका गाईहरुका लागि पाँच सय किलो चोकर, पिठो लगायतका सामग्री वितरण गरेको छ ।जेसीजले तालिम हलको समेत उदघाटन गरेको छ ।
सुरुङगा जेसीजले आगामी दिनमा पनि सामाजिक कामलाई तिब्रता दिने योजनाका साथ कामलाई अघि बढाएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।अन्य जन प्रतिनिधि , सघ सस्थाका प्रमुख तथा प्रतिनिधि , राजनिती दलका प्रमुख तथा प्रतिनिधि , सुरुङगा जेसीजका पुर्वअध्यक्ष जविन तिम्सिना समाजसेवी व्याक्तिहरु लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालान महासचिव राजुु पाठकले गर्नु भएको थियोे ।
प्रकाशित मिति: २०२२-०६-२६ , समय : १९:३५:४३ , २ वर्ष अगाडि