झापा एक्सप्रेस , १५४६८ पटक हेरिएको
शरणामती।झापाको झापा गाउँपालिकामा सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजना सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ।झापा गाउँपालिका,साहारा नेपाल,ह्याविट्याट नेपालको त्रीपक्षीयमा बनेका र बन्न लागेका विपन्न आवासका बारे अन्तरक्रिया भएको हो।
कार्यक्रममा त्रीपक्षीयरुपमा बनेका सुरक्षित आवासहरुका बारेमा बताइएको थियो।कार्यक्रमको संचालन गरेका साहारा नेपालका प्रतिनिधि टिपी शर्मा कट्टेलले सन २०१९ देखि हाल सम्म झापा गाउँपालिकामा ६०३ घर निर्माण गरिएको बताए।उनले विपन्न परिवारका लागि आवास कार्यक्रम अन्तरगत क्रमीकरुपमा सबै विपन्न समेट्ने समेत उदेश्य राखेको बताए।
कार्यक्रममा साहारा नेपालका संरक्षक डिल्लीराम सिटौलाले वि.सं २०५१ सालमा स्थापना भएको संस्था अहिले यहाँ सम्म आएकोमा गर्व गर्दै विपन्न आवास निर्माणमा सहयोग गर्ने मौका दिएकोमा झापा गाउँपालिकालाई धन्यवाद दिए।त्यस्तै कार्यक्रममा ह्याविट्याट नेपालका सिनियर अप्रेशन मेनेजर रामसिंह दनुवारले ह्याविट्याट नेपालले विपन्न आवास निर्माण गर्दा नयाँ-नयाँ कार्यक्रम लिएर आएको दावी गरे।अहिले आवास सँगै सौचालयको समेत निर्माण गर्ने अभियान लिएका छौ,अब अझै नयाँ केही गर्ने सोचिरहेका छौ` उनले भने।
कार्यक्रममा १ र ७ वडाका वडाध्यक्षहरु राजकुमार यादव र सखीचन्द्र ठाकुरले विपन्न आवास निर्माण गर्न आफ्नो वडामा अझै धेरै विपन्न रहेको अवगत गराएका थिए।
कार्यक्रममा गाउँपालिका अध्यक्ष जयनारायण साहले विपन्न आवास निर्माणमा संस्थाहरुले गरेको सहयोग प्रशंसा गर्दै गाउँपालिकाले नेपाल सरकार सँग पहल गरेर १०० वटा आवास निर्माण गर्नका लागि सशर्त अनुदान समेत प्राप्त गरेको बताए।´नेपाल सरकारको अनुदान मात्र प्रयाप्त नहोला,हामीले धेरै भन्दा धेरै आभास निर्माण गर्नु छ,त्यसैले सबै संस्थाहरु मिलेर जाने अपेक्षा लिएको छु ` उनले भने।
साहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य अन्जुदेवी थपलियाले राखेकी थिइन।कार्यक्रममा सात वटै वडाका वडाध्यक्षहरु,साहारा नेपाल र ह्याविट्याट नेपालका प्रतिनिधिहरु,कर्मचारी,सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: २०२२-०६-२६ , समय : १४:२२:११ , २ वर्ष अगाडि