झापा गाउँपालिका – मृत्यु संस्कार सहायता रकम प्रति परिवार १५ हजार,सिचाईका लागि ५०% महशुल गाउँपालिकाले तिर्ने

झापा एक्सप्रेस , ४४१७३  पटक हेरिएको

शरणामती – झापाको झापा गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागी ५० करोड ८१ लाख ५३ हजार ५ सय रूपैयाँको कुल बजेट प्रस्तुत गरेको छ l

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपाध्यक्ष अन्जुदेबी थपलियाले गाउँपालिकाले प्रत्येक वर्ष मृत्यु संस्कारमा दिदै आएको सहायता रकम आगामी आर्थिक वर्षका लागि बढाएर प्रतिपरिवार १५ हजार बनाएको बताइन l यसका लागी कुल ३७ लाख रुपैयाँ विनियोजन गरिएको उनले बताइनl गाउँपालिकाले चालु आर्थिक वर्षमा मृत्यु सहायता रकम प्रतिपरिवार १० हजार दिदै आएको थियो l

यता आगामी आर्थिक वर्ष देखि सिंचाईका लागी कृषकहरुले ५०% विद्युत महशुल निशुल्क पाउने भएका छन् l उपाध्यक्ष थपलियाले १२ औं गाउँसभामा बजेट प्रस्तुत गर्दै कृषकलाई सिंचाई कार्यको लागी विद्युत महशुलमा बढीमा ५०% सम्म अनुदान प्रदान गर्नका निमित्त २० लाख विनियोजन गरिएको बताइन l

प्रकाशित मिति: २०२२-०६-२४ , समय : २०:१३:३३ , २ वर्ष अगाडि