झापा एक्सप्रेस , २९२६२ पटक हेरिएको
शरणामती।झापाको झापा गाउँपालिकाले आर्थिक वर्ष २०७९ र ८० का लागि ५० करोड रूपैयाँभन्दा बढीको बजेट ल्याएको छ ।झापा गाउँ सभाको बाह्रौ बैठकमा शुक्रबार उपाध्यक्ष अन्जुदेवी थपलियाले आगामी आर्थिक वर्षका लागि ५० करोड ८१ लाख ५३ हजार ५ सय रूपैयाँको बजेट पेस गरेकी हुन् ।
बजेटमा संघीय राजश्व बाँडफाँडबाट प्राप्त हुने ९ करोड ९८ लाख ६ हजार,संघीय सशर्त अनुदान २० करोड ९७ लाख,संघीय समानीकरण अनुदान १२ करोड ४९ लाख,संघीय समपुरक अनुदान १ करोड ६० लाख,संघीय विशेष अनुदान १ करोड,प्रदेश समानीकरण अनुदान ७३ लाख ४६ हजार,प्रदेश राजश्व बाँडफाँड ४२ लाख २४ हजार ५ सय,प्रदेश सशर्त अनुदान १ लाख २३ हजार,प्रदेश समपुरक अनुदान १ करोड र आन्तरिक आय १ करोड ६० लाख समाबेश गरेर बजेट तयार पारिएको थपलियाले बताइन् ।
गाउँ सभामा बजेट प्रस्तुत गर्दै उपाध्यक्ष थपलियाले आर्थिक विकास अन्तर्गत कृषि तथा सहकारी विकासका लागि २ करोड ६ लाख,पुर्वाधार विकासमा ११ करोड ६७ लाख ८९ हजार ५ सय,वन वातावरण तथा सरसफाईमा ६ लाख ,संस्थागत विकास सेवा प्रवाह तथा सुशासनमा १४ लाख,सामाजिक विकासमा ४ करोड २० लाख ४१ हजार बजेट विनियोजन गरेको गाउँसभमा प्रस्तुत गरिन।
गाउँसभामा बजेट प्रस्तुत गर्दै थपलियाले कृषि क्षेत्रको सुरुवात गर्दै कृषिजन्य बस्तुको बजारीकरणलाई बजेटले प्राथमिकतामा राखेको बताइन।त्यस्तै सडक तथा अन्य भौतिक पुर्वाधार निर्माण,स्वास्थ्य शिक्षा तथा लक्षित वर्गको विकास,सामाजिक न्याय तथा समानता सहितको समाज निर्माण,गुणस्तरीय सेवा प्रवाह मार्फत सुशासन प्रर्वद्वन बजेटका प्रमुख प्राथमिकता भएको उनले बताईन।उपाध्यक्ष थपलियाले वडा स्तरबाट संचालन हुने कार्यक्रमका लागि ३ नम्बर वडा बाहेक सबै वडालाई ५१ लाखको सिलिङ बजेट प्रस्तुत गरिन भने वडा नम्बर ३ लाई ५४ लाखको बजेट पेश गरिन।
गाउँपालिका अध्यक्ष जयनारायण साहको सभापतित्वमा भएको गाउँ सभाको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले गरेका थिए।
प्रकाशित मिति: २०२२-०६-२४ , समय : १८:५१:०६ , २ वर्ष अगाडि