मेची बहुउद्देश्यीय सहकारी बन्यो साक्षीको अभिभावक

झापा एक्सप्रेस , २३७१७  पटक हेरिएको

शरणामती-झापाको दमकमा प्रमुख कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कनकाई माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत साक्षी विश्वकर्माको अभिभावक बनेको छ l सहकारीले विश्वकर्मालाई कक्षा १२ सम्म अध्ययन गराउने जिम्मा लिदै अभिभावकत्व ग्रहण गरेको हो l

एक कार्यक्रमका बीच संस्थाको कनकाई सेवा केन्द्रले विश्वकर्मालाई पाठ्य पुस्तक सामाग्रीहरुको ब्याग प्रदान गर्दै अभिभावकत्व ग्रहण गरेको थियो lसंस्थाले हालसम्म संस्थाका सदस्यका छोराछोरीहरुमध्येबाट आर्थिक अवस्था कमजोर भएका विपन्न परीवारका झापा र मोरङ्ग गरी २४ जना छात्र छात्राहरुलाई अभिभावकत्व ग्रहण गरी पढाईरहेको साथै बालबचतकर्ता भाई बहिनीहरुको चौतर्फी विकासका लागि हरेक वर्ष वादविवाद, चित्रकला, कविता, निबन्ध लेखन, हाजिरीजवाफ जस्ता कार्यक्रमहरु प्रतियोगितात्मक रुपमा आयोजना गर्ने, बाल शैक्षिक भ्रमणहरु आयोजना गर्ने जस्ता गतिविधी गर्ने गरेको कनकाई सेवा केन्द्रका प्रमुख चिरञ्जिबी संग्रौलाले बताए l

कार्यक्रममा कनकाई सेवा कार्यालयका व्यवस्थापन समिती संयोजक डिल्लीराम बाह्रकोटी,व्यवस्थापन समिती सदस्य विनोद भट्टराई , कनकाई मा. विका प्र. अ. कर्ण डाँगी,संस्थाका सदस्य बल्लभ कुमार गौतम साथै शिक्षक,अभिभावक लगायतको उपस्थीती रहेको थियो l

प्रकाशित मिति: २०२२-०६-२२ , समय : १९:४१:४३ , २ वर्ष अगाडि