भारतमा १३ वर्षीया बालिका चढिन् हाई टेन्सन टावरमा

झापा एक्सप्रेस , १५७२०  पटक हेरिएको

नयाँ दिल्ली-उत्तर प्रदेशको गोंडाबाट एउटा अनौठो घटना बाहिर आएको छ ।आमाको गालीबाट रिसाएर १३ वर्षीया बालिका एक लाख ३२ हजार भोल्टको हाई टेन्सन पावर टावरमा चढिन् । यो जानकारी पाएपछि स्थानीयले विद्युत् विभागलाई खबर गरेका थिए ।प्रहरी पनि घटनास्थल पुग्यो ।

भारतीय सञ्चार माध्यमका अनुसार यो घटना नवाबगञ्ज थाना क्षेत्र अन्तरगत पर्ने छकपन गाउँको हो।सानो कुरामा आमाले छोरीलाई गाली गरेपछि उनी एक लाख ३२ हजार भोल्टको हाई टेन्सन पावर टावरमा चढेकी थिइन।जसका कारण गाउँमा हंगामा मच्चिएको थियो । सौभाग्यवश त्यसबेला विद्युत आपूर्ति अवरुद्ध भयो, नत्र ठूलो दुर्घटना हुन सक्ने थियो । प्रहरीले हतार-हतार घटनास्थल पुगेर विद्युत आपूर्ति बन्द गर्न विभागलाई जानकारी गरायो ।

बालीकाको नाटक करिब तीन चार घण्टा चल्यो । गाउँले र प्रहरीले धेरै फकाएपछि उनी टावरबाट ओर्लिन् ।चर्को घाममा टावरमा उभिएपछि उनलाई चक्कर आइरहेको थियो । अहिले उनी ठिक छिन् ।

प्रकाशित मिति: २०२२-०६-१४ , समय : ११:४०:२० , २ वर्ष अगाडि