भनेजती कालोपत्रे नगरेको भन्दै स्थानीयद्वारा सडक निर्माणमा रोक

झापा एक्सप्रेस , २१३०१  पटक हेरिएको

शरणामती। हुलाकी राजमार्गको निर्माणमा सानो माईखोलाको पुल निर्माणमा ढिलाई र बजार क्षेत्रमा कम क्षेत्र सडक कालोपत्रे गरेको भन्दै स्थानीयवाशीले झापा गाउँपालिका २ नम्बर क्षेत्रको सडक निर्माणमा रोक लगाएका छन ।

पहिले बजार क्षेत्रको १२ सय मिटर क्षेत्रमा पर्ने सबै घर टहराहरु सडक बनाउने भन्दै भत्काउन लगाएर हाल हुलाकी राजमार्गका ठेकेदारले ७२ फुट कालोपत्रे गर्नुपर्नेमा जम्मा ४६ फुट मात्रै कालोपत्रे गर्न सुरु गरेपछि गाउँलेले हुलाकी राजमार्गको ठेकेदार कम्पनी मोतीदान कन्ट्रक्शन कम्पनीको काम बुधवार दिउँसोबाट रोक्नुपरेको झापा गाउँपालिका २ नम्बरका वडाध्यक्ष हिमाल चम्लागाईले बताए।

पहिले सबै कालोपत्रे हुन्छ भन्दै सडक खाली गराउन लगाएको र हाल थोरै भाग कालोपत्रे गरेर बाँकी भाग खाडलमात्रै खनेर छाडेकोले आँफुहरुले बाध्य भएर हुलाकी मार्गको काम रोकेको
चम्लागाईले बताए।

यसैविच बर्षौदेखि सोहि क्षेत्रको हुलाकी मार्गको सानो माईको समेत पुल ठेकेदार कम्पनीले नबनाइदिदा
हिडडुल गर्न र विद्यार्थीलाई स्कुल आउजाउमै समस्या भएको चम्लागाईको भनाई छ । वार्डको बजेटबाट तत्काल खोलामा बाँसको अस्थायी पुल हालेको भएपनि अब केहिदिनमा आउने बाढीले पुल लगेपछि पल्लोगाउँ र वल्लो गाउँकै सम्पर्क विच्छेद हुने स्थानीयको भनाई छ ।

यसवारेमा जिल्ला पुर्वाधार विकास लगायातमा कुरा राखिसकिएको समेत वडाअध्यक्ष चम्लागाईं बताए । हुलाकी मार्गमा सडक बनाएपनि अन्यत्र पनि पानीको निकास समेत नगरिएको स्थानीयको गुनासो छ ।

प्रकाशित मिति: २०२२-०६-०९ , समय : १३:२५:४० , २ वर्ष अगाडि