विश्व वातावरण दिवसको अवसर पारेर सुरुङगा जेसीजले गर्यो गोडमेल सरसफाई तथा बृक्षारोपण

चन्द्र बस्नेत , १२३९७  पटक हेरिएको

आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । पर्यावरणप्रति विश्वस्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उदेश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि यो दिवश मनाउन सुरु गरिएको हो । यस वर्ष ‘दिगो प्रकृतिमैत्री जीवनयापन पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ । सन् १९७२ को जुन ५ देखि जुन १६ सम्म संयुक्त राष्ट्रसंघको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ को जुन ५ मा पहिलोपटक विश्व वतावरण दिवस मनाउन सुरु गरिएको हो ।

यसैबिच दिवसको अवसर पारेर झापाको सुरुङगा जेसीजले आइतबार सुरुङ्गा बजार परिसरमा धुपिका बिरुवा रोपिएका वृक्षहरू गोडमेल , सरसफाई तथा बृक्षारोपण सहितको कार्यक्रम गरिएको छ । सुरुङगा जेसीज वर्ष २०२२ कि अध्यक्ष सुस्मा न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा “कनकाइ सामुदायिक वनका अध्यक्ष ख्याम ओलीेको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा प्रमुख अतिथि ओलीेले जलवायु परिवर्तनले जैविक विविधतामा ह्रास, कृषि प्रणाली र बालीनालीमा विशृङ्खलता, नयाँ रोगव्याधिको उत्पत्ति, वर्षा र तापक्रममा गडबडी तथा प्राकृतिक विपद्बाट जनधनको क्षतिजस्ता गम्भीर र नकारात्मक असर एवं प्रभाव बढ्ने भन्दै सरसफाइमा विशेष ध्यान दिन आवश्यक रहेकोे बताउनु भयो ।

प्रमुख अतिथि ओलीेले वातावरणीय समस्यासँग जुध्नका लागि तिनै तहका सरकार,विभिन्न सघसस्था,आम नागरिक लगायत सबैले वातावरण दिवसका दिन मात्रै नभएर सधै सरसफाइमा ध्यान पुर्याउनुपर्नेमा जोड दिनु भयो ।

अध्यक्ष न्यौपानेले जलवायु परिवर्तनले विश्वव्यापी संकटको स्वरुप ग्रहण गरिरहेको बताउनु भयो। अध्यक्ष न्यौपानेले पृथ्वीको संरक्षण गर्दै सबै खाले प्राकृतिक स्रोतको दिगो विकासका लागि जीवनशैलीमा परिवर्तन ल्याई स्वस्छ र हरित मानवीय पद्दतिको विकास गर्ने कुरा आजको मुख्य चुनौती रहेको उललेख गर्नुभयो । कार्यक्रममा करिव एक सय पचास बढी विरुवा रोप्नुका साथै गोड्मेल पनि गरिएको कार्यक्रम सयोजक पुणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सुरुङगा जेसीजले यस अघि पनि सामाजिक गतिविधिका कामलाई तिब्रता दिदै आएको छ । सुरुङगा जेसीजको सन् २०२२ को नेतृत्व सुस्मा न्यौपानेले सम्हाले लगत्तै विभिन्न सामाजिक कामलाई तिब्रता दिइएको हो ।

मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै स्थापित अन्तर्राष्ट्रिय गैर सरकारी सामाजिक संस्था अन्र्तरगतको सुरुंगा जेसीजले वर्ष भरि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । यस अघि जेसीजले एक दिवसीय विद्यार्थी केन्द्रित मेडिटेशनको कार्यक्रम सम्पन्न गरेको छ ।अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त ब्रम्हकुमार राजु घलेबाट प्रदान गरिएको विद्यार्थी केन्द्रित मेडिटेसनमा सुरुङ्गा आसपास क्षेत्रका मावि तहको कक्षा ९ र १० मा अध्ययनरत २ सय बढी विद्यार्थीहरु लाभान्वित भएका छन् ।

सामाजिक क्षेत्रमा क्रियाशिल अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त संस्था सुरुङ्गा जेसीजले आफ्नै सभा हलमा कार्यक्रम सम्पन्न गरेको हो । आजका वालवालिका नै भविष्यका कर्णधार भएकाले वर्तमानको समयलाई सहि सदुपयोग गर्दै उज्वल भविष्य सुनिश्चित गर्नकालागि यस किसिमको मेडिटेशन कक्षाले थप सहयोग पुग्ने विश्वास गरिएको छ ।यस अघि सुरुङ्गा जेसीजले माता औशिको अवसरमा १७ जना माता हरुलाई सम्मान गरिएको थियो ।

सुरुङ्गा जेसीजले सामाजिक कार्यकै सिलसिलामा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । यस अघि सुरुङ्गा जेसीजले कनकाई ८ र ९ का २ जना श्रम जिवी महिलालाई लत्ताकपडा तथा खाद्यान्न सामग्री वितरण, विपन्न नागरिकलाई न्यानो कपडा वितरण ,अति विपन्न वर्गहरुका लागि ब्ल्याङकेट वितरण गरिएको छ ।

जेसीजले आफ्ना सदस्यहरुको क्षमता विकासका लागि एक दिने क्षमता विकास तालिम समेत सम्पन्न गरेको छ ।जेसीजले सामाजिक कार्य अन्र्तगत अर्जुनधारा–१ स्थित श्री शंकराचार्य पीठ साधुटारको गौशालामा रहेका गाईहरुका लागि पाँच सय किलो चोकर, पिठो लगायतका सामग्री वितरण गरेको छ ।जेसीजले तालिम हलको समेत उदघाटन गरेको छ । सुरुङगा जेसीजले आगामी दिनमा पनि सामाजिक कामलाई तिब्रता दिने योजनाका साथ कामलाई अघि बढाएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

कार्यक्रममा सुरुङ्गा जेसीजका पुर्वअध्यक्षहरु कुमारमणि पोखरेल, शिवकुमार कडेल, सरला पोख्रेल,जविन तिम्सिना, कमल प्रसाद कटेल, उसा उप्रेती ,त्रिलोचन उप्रेती , शिक्षा सेवी डिल्ली राम मैनाली, योग दाता तथा शिक्षा विद टिका प्रसाद जमरकटेल विभिन्न सघ सस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालान महासचिव राजुु पाठकले गर्नु भएको थियोे ।

प्रकाशित मिति: २०२२-०६-०५ , समय : १९:१७:३७ , ३ वर्ष अगाडि