पाथीभरा सहकारीले गर्यो शेयर सदस्यको सम्मान

झापा एक्सप्रेस , १३१८३  पटक हेरिएको

शरणामती।झापा गाउँपालिका-६ शरणामती स्थित न्यू पाथीभरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यलाई सम्मान गरेको छ।

संस्थाले सुक्रबार १५ औं वार्षीक उत्सवको आयोजना गरि विभिन्न विधाका सदस्यहरुलाई सम्मान गरेको हो।संस्थाका संचालक समितिका अध्यक्ष हस्तवहादुर बोहोरा (कुमार) को अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा १० जना जेष्ठ सदस्यलाई सम्मान गरिएको थियो।सम्मानित हुनुहुनेमा गणपत गणेश,ओतनबहादुर पौडेल,छत्रबहादुर कार्की,विश्वप्रसाद सिटौला,गंगाबहादुर खड्का,कलावती मण्डल,तुलसादेवी बुढाथोकी,मोहनकुमारी दाहाल,पवित्रा अधिकारी,झालुदेवी गणेश रहेका थिए।उनीहरुलाई नगद सहित खादा ओडाएर संस्थाले सम्मान गरेको छ।त्यस्तै संस्थाले असल ऋणी जानकीकुमारी कामती,असल वचतकर्ता माधव चक्रवर्ती,मन्दु दत्त र विष्णु गिरी,उत्कृष्ट बालवचतकर्ता अविभावक माराङमोही मर्डी र वर्ष उत्कृष्ट कर्मचारी सरिता ढुङ्गेल अधिकारी लाई समेत सम्मान गरेको छ।

कार्यक्रमकै अवसर पारेर संस्थाले नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ।सांस्थाले गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित थपलिया,वडा ६ का वडाध्यक्ष नविनकिशोर थापा,वडा ७ का वडाध्यक्ष शखीचन्द्र ठाकुर र वडा ६ का वडा सदस्य फणिन्द्र खरेललाई सम्मान गरेको हो।

संस्थाका व्यवस्थापक विमल कार्कीले संचालन गरेको कार्यक्रमको स्वागत संचालक समितिका उपाध्यक्ष महेन्द्र प्रसाईले गरेको थिए।कार्यक्रममा एन.एम.सी शरणामती सेवा केन्द्रकी प्रमुख सुनिता सुवेदी,महिला संजाल अध्यक्ष बिन्दा पौडेल,सल्लाहकार समिती संयोजक केशब बजगाईं,मोहन मिश्र,वडाध्यक्षहरु नविनकिशोर थापा र सखिचन्द्र ठाकुर लगायतले शुभकामना मन्तव्य राखेका थिए।

प्रकाशित मिति: २०२२-०५-२७ , समय : २१:३५:१६ , २ वर्ष अगाडि