झापा गाउँपालिकामा अहिले सम्म भएको मतगणनामा ३ वटा वडामा कांग्रेस विजयी एउटामा स्वतन्त्र

झापा एक्सप्रेस , ९३०३  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिकामा स्थानीय तह निर्वाचनमा चार वटा वडाको मतगणना सम्पन्न भएको छ।जसमा १,२ र ४ नम्बर वडामा नेपाली कांग्रेसले वडाध्यक्ष पदमा विजय हासिल गरेको छ।वडा नम्बर ३ मा भने स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् ।

१ मा नेपाली कांग्रेसका राजकुमार यादव निर्वाचित भएका छन् ।उनी नेकपा एमालेका माधव पोखरेलको ६३३ मतलाई उछिन्दै ८१७ मत ल्याएर निर्वाचित बनेका हुन् ।

त्यस्तै वडा नम्बर २ मा नेकपा एमालेका नेत्र बहादुर खड्काको ७५९ मतलाई उछिन्दै नेपाली कांग्रेसका हिमाल कुमार चम्लागाई ९८० मत ल्याएर निर्वाचित भएका छन् ।यता वडा नम्बर ३ मा भने नेपाली कांग्रेसका बागी बनेर स्वतन्त्र उम्मेदवारी दिएर उठेका सुबासलाल गणेश ९५५ मत ल्याएर विजयी बनेका छन् ।उनलाई नेकपा एमालेका खड्ग राजबंशीले ६६३ मतले पछ्याएका थिए।

यता वडा नम्बर ४ मा भने महमद ताहिर ९५३ मत ल्याएर निर्वाचित बनेका छन् ।उनलाई नेकपा एमालेका राजु भारतीले ८९४ मत ल्याएर पछ्याएका थिए।

प्रकाशित मिति: २०२२-०५-१७ , समय : २३:५०:२० , २ वर्ष अगाडि