झापा एक्सप्रेस , ६७१३ पटक हेरिएको
झापा । झापा गाउँपालिका–६, शरणामती स्थित श्री सिद्धेश्वर शिवालय तथा दुर्गा काली मन्दिरको नेतृत्वमा बसुन्धरा थपलिया चयन हुनुभएको छ।
मन्दिरको अध्यक्षको जिम्मेवारी बसुन्धरा थपलियाले पाउनुभएको छ। त्यसैगरी उपाध्यक्षमा देवीमाया कार्की, सचिवमा अनोज ताम्ली,सहसचिवमा अग्निप्रसाद चुडाल र कोषाध्यक्षमा बिन्दु रिजाल ररहनुभएको छ।
त्यस्तै सदस्यहरूमा रमेश विक, कृष्णप्रसाद भट्टराई, शिवहरि थपलिया, डील्ली सिटौला, जय नारायण गणेश र निर्मला सेडाई रहनुभएको छ।
यसैगरी मन्दिरको लेखा समितिको संयोजकमा चन्द्रप्रसाद खरेल चयन हुनुभएको छ भने सदस्यहरूमा गौरव सिटौला र मेनुका कार्की रहनुभएको छ।
नवनिर्वाचित कार्यसमितिले मन्दिरको धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिलाई व्यवस्थित गर्दै मन्दिरको संरक्षण, विकास र व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २०२६-११-२१ , समय : १९:०८:३३ , ९ घन्टा अगाडि