झापा गाउँपालिकामा कार्तिक ३० गते विराट मुस्लिम धार्मिक जलसा आयोजना हुँदै

Jhapa Express , १२६९३  पटक हेरिएको

झापा गाउँपालिकामा कार्तिक ३० गते विराट मुस्लिम धार्मिक जलसा आयोजना हुँदै

झापा । झापा गाउँपालिकाको चर्तागाछीमा आगामी कार्तिक ३० गते प्रथम वार्षिक एकदिवसीय विराट मुस्लिम धार्मिक जलसा आयोजना हुने भएको छ। झापा गाउँपालिका–४ चर्तागाछी स्थित जामिया इस्लामियाँ मदरसा विद्यालयको आयोजनामा उक्त धार्मिक जलसा हुन लागेको हो।

चर्तागाछीमा पहिलोपटक आयोजना हुन लागेको जलसामा नेपाल तथा भारतका विभिन्न स्थानबाट मुस्लिम धर्मगुरु, मौलाना तथा धार्मिक विद्वानहरूको सहभागिता रहने आयोजकले जनाएको छ। कार्यक्रममा धार्मिक प्रवचनसहित इस्लाम धर्म र धार्मिक आस्थासम्बन्धी सन्देश प्रवाह गरिनेछ।

जलसाका क्रममा श्रद्धालुहरूले दान, धर्म तथा भेटी चढाउने परम्परा रहेको छ। यसरी संकलन हुने सहयोगले जामिया इस्लामियाँ मदरसा विद्यालय सञ्चालन तथा शैक्षिक गतिविधिलाई निरन्तरता दिन सहयोग पुग्ने आयोजकको भनाइ छ।

मदरसा विद्यालयको सञ्चालनमा आर्थिक सहयोग जुटाउनुका साथै धार्मिक ज्ञान, सद्भाव र आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले जलसा आयोजना गरिएको हो।

आयोजकले मुस्लिम समुदायसहित हिन्दु, बौद्ध, किराँत, सिखलगायत सबै धर्मावलम्बी तथा धर्मप्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई जलसालाई सफल बनाउन आग्रह गरेको छ।

प्रकाशित मिति: २०२६-११-१२ , समय : १८:४३:०१ , १३ घन्टा अगाडि

error: Content is protected !!