Jhapa Express , १०७८८ पटक हेरिएको
झापाको कनकाई नगरपालिका–४ स्थित कनकाई घाट परिसरमा चोरीका घटना बढेपछि सिसी क्यामेरा जडान गरिएको छ। अन्तिम संस्कारका लागि शव लिएर आउने मलामीका मोटरसाइकल, हेल्मेट तथा अन्य सामान दिनहुँजसो चोरी हुन थालेपछि दाताहरूको सहयोगमा घाट परिसरमा सिसी क्यामेरा जडान गरिएको हो।
अन्तिम संस्कारका क्रममा मलामीहरू व्यस्त हुने र आफ्ना सामानको सुरक्षामा ध्यान दिन नसक्ने अवस्थाको फाइदा उठाउँदै चोरी हुने गरेको स्थानीयको भनाइ छ। पछिल्लो समय चोरीका घटना बढ्न थालेपछि घाटको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सिसी क्यामेरा जडान गरिएको जनाइएको छ।
सिसी क्यामेरा सञ्चालनमा आएपछि घाट परिसरमा हुने गतिविधिको निगरानी गर्न सहज हुने र चोरी नियन्त्रणमा प्रत्यक्ष सहयोग पुग्ने विश्वास गरिएको छ। साथै, सम्भावित आपराधिक गतिविधि न्यूनीकरण गर्दै घाट परिसरमा शान्ति–सुरक्षा कायम गर्नसमेत क्यामेराले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २०२६-०८-२१ , समय : १९:२९:३५ , १ दिन अगाडि