झापा एक्सप्रेस , १३४४७ पटक हेरिएको
झापा एक्सप्रेस । झापा गाउँपालिका–३ स्थित कामाटोलीमा शुक्रबार दिनदहाडै चोरी भएको छ। अन्दाजी दिउँसो १२:३० बजेको समयमा अज्ञात व्यक्तिहरूले स्थानीय प्रमिला राजबंशीको घरमा प्रवेश गरी चोरी गरेका हुन्।
उक्त चोरीमा करिब १८२ तोला चाँदी तथा सवा एक तोला सुन हराएको जनाइएको छ। घरधनी बाहिर रहेको मौका पारेर चोरी गरिएको हो।
दिनदहाडै भएको यस्तो घटनाले सुरक्षाप्रति प्रश्न उठाएको स्थानीयवासीले बताएका छन्। उनीहरूले यस्ता घटना रोक्न सुरक्षा व्यवस्था कडा बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।
प्रकाशित मिति: २०२६-०३-२२ , समय : १९:१९:०८ , २ दिन अगाडि