तेस्रो अध्यक्ष कपको उपाधी रंगीमाया युवा परिवारलाई

झापा एक्सप्रेस , २६३६  पटक हेरिएको

तेस्रो अध्यक्ष कपको उपाधी रंगीमाया युवा परिवारलाई

झापाको झापा गाउँपालिका वडा नम्बर ५ मा जारी तेस्रो अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिताको उपाधी रंगीमाया युवा परिवार बाह्रदशी-१ ले हात पारेको छ । लाली गुराँस एफ सी बाह्रदशीलाई ३-० को गोल अन्तरले पछी पार्दै रंगीमायाले उपाधी चुमेको हो ।

विजेता बनेको रंगीमायाले नगद २५ हजार सहित मेडल,ट्रफी र प्रमाण पत्र पाएको छ ।त्यस्तै उप-विजेता बनेको लाली गुराँसले नगद १५ हजार सहित मेडल,ट्रफी र प्रमाण पत्रमा चित्त बुझाएको छ ।

विजेता तथा उपविजेता टिमलाई वडाध्यक्ष कृष्णप्रसाद राजबंशी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो।पुरस्कार वितरण गर्दै वडाध्यक्ष राजबंशीले खेलकुद बिकासमा युवाहरुले पुर्याएको योगदानको चर्चा गर्दै युवाहरुलाई धन्यबाद दिनु भयो .

फाइनल खेल हुनु अघी आजै सेमीफाइनलका दुइ खेल भएका थिए .रंगीमाया यूवा परिवारले १-० गोलको अन्तरले सानोमाई यूवा क्लवलाई हराउदै अन्तिम दुइमा स्थान सुरक्षित गरेको थियो.त्यस्तै लालीगुराँस एफसीले १-० गोलको अन्तरले शरणामतीलाई पाखा लगाउदै अन्तिम दुइमा पुगेको थियो.

नवदुर्गा युवा क्लबको आयोजनामा यही कार्तिक १२ गते देखी शुरु भएको प्रतियोगिता आज मंगलबार १८ गते समापन भएको छ । कमल प्रसाद गणेशले संचालन गरेको समापन कार्यक्रमको अध्यक्षता आयोजक समितिका अध्यक्ष संजितलाल यादवले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२५-११-०४ , समय : १९:०१:१३ , ७ घन्टा अगाडि

error: Content is protected !!