झापा एक्सप्रेस , १९७२ पटक हेरिएको
झापाको झापा गाउँपालिका-३ फुलगाछीमा वडा अध्यक्ष कप टि टेन कृकेट प्रतियोगिता सुरु भएको छ।फुलगाछी कृकेट क्लबको आयोजनामा ,रानीबनको खेल मैदानमा खेल शुरु भएको हो।
शनिबार एक कार्यक्रमका बिच झापा गाउँपालिकाकी कार्यबाहक अध्यक्ष अन्जुदेबी थपलिया, वडाध्यक्ष सुबासलाल गणेश लगायतले प्रतियोगिताको उद्घाटन गर्नुभयो।
प्रतियोगिताको उद्घाटन गर्दै थपलियाले विषम परिस्थिती भए पनि युवाको साथ नछोड्ने बताउनु भयो।
आयोजक र हरिकेन चेलेन्जर कृकेट क्लब बिच भएको उद्घाटन खेलमा हुरिकेनले ३ रनले जित हासिल गरेको छ।त्यस्तै दोस्रो खेलमा थन्डर ११ कृकेट क्लब र इट्टाभट्टा कृकेट क्लब बिच भएको खेलमा थन्डरले १० विकेटले जित हासिल गरेको छ।
आजै भएको तेस्रो खेलमा हरिकेन चेलेन्जर लाई ७ विकेटले पराजित गर्दै थन्डर ११ बिजयी भएको छ।
भोलि फुलगाछीका विरुद्ध रुहिमारी ,कामाटोलीका बिरुद्द होलीफिल्ड एकाडमी र लसुनगन्जका बिरुद्व बेलडाँगी कृकेट क्लबले भिड्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा पहिलो पुरस्कारको रुपमा रु २५ हजारसहित कप, मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कारमा रु १८ हजारसहित कप, मेडल र प्रमाणपत्र, त्यसैगरी बेस्ट ब्याट्सम्यान र बेस्ट बलर ले जनही रु १ हजार र कप पाउने आयोजकले जनाएको छ।कार्तिक १ गते शुरु भएको प्रतियोगिता ३ गते सम्मपन्न हुनेछ।
प्रकाशित मिति: २०२५-१०-१९ , समय : १९:३३:३३ , ६ घन्टा अगाडि