झापा गाउँपालिकाको नयाँ बजेट : जनताका सेवा सुविधा प्राथमिकतामा

झापा एक्सप्रेस , २११२७  पटक हेरिएको

झापा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको ५१ करोड ४२ लाख ४३ हजार ५ सय ६४ रुपैयाँको बजेटले स्थानीय जनताका सेवा सुविधालाई प्राथमिकतामा राखेको पाइएको छ । अठारौं गाउँसभामा कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले बजेट प्रस्तुत गर्दै नागरिकको जीवनस्तर उकास्ने र सामाजिक सुरक्षालाई बल दिने कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताइन्।

स्थायी बासिन्दालाई ७५ युनिटसम्मको विद्युत महसुल तथा कृषकका लागि सिचाइ विद्युत महसुलमा ८० प्रतिशत लागत पालिकाले बेहोर्ने व्यवस्था बजेटमा समावेश गरिएको छ। त्यस्तै, सुत्केरी महिलालाई स्याहार भत्तास्वरूप ९ हजार रुपैयाँ प्रदान गरिनेछ भने मृत्यु संस्कार तथा समवेदनामा २० हजार रुपैयाँ सहयोग गरिनेछ।

विपन्न परिवारका लागि स्वास्थ्य बीमा साझेदारीमा सञ्चालन गरिनेछ भने ८४ वर्षमाथिका ज्येष्ठ नागरिक र ६० बर्ष माथीका बिदुरलाई बार्षिक ७ हजार ५ सय रुपैयाँ सम्मान रकम दिने व्यवस्था पनि गरिएको छ। सर्पदंश, कुकुरको टोकाइ तथा रगत व्यवस्थापनमा लाग्ने सम्पूर्ण खर्च पालिकाले बेहोर्नेछ।

पूर्वाधार र कृषि विकासमा प्रत्येक वडामा कम्तीमा एक सडक कालोपत्रे गरिने बजेटमा उल्लेख छ . कृषकलाई खेतखेतमा विद्युत पु¥याइनेछ। कृषि औजार र मोटर खरिदमा ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ।

माई बिरिङमा तटबन्ध निर्माण, दमकलको व्यवस्था ,झापा नमुना क्याम्पस बजेट मा समेटिएको छ। फुलगाछीमा निर्माण सम्पन्न अस्पताललाई सञ्चालनमा ल्याइनेछ भने प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिइनेछ।
९ कक्षामा अध्ययनरत बिद्यार्थी लाई साइकल वितरण गरिने बजेटमा उल्लेख छ .
युवा र खेलकुद क्षेत्रलाई ३७ लाख रुपैयाँ विनियोजन गरिएको छ। अध्यक्ष कप फुटबल, भलिबल र क्रिकेट प्रतियोगिता, राष्ट्रपति रनिङ शिल्ड, प्रशिक्षक व्यवस्थापन तथा संघसंस्थासँग साझेदारीमा कार्यक्रम सञ्चालन गरिनेछ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान दिएका खेलाडीलाई सम्मान गरिनेछ भने युवाका लागि सिपमूलक तालिम सञ्चालन गरिनेछ।

प्रकाशित मिति: २०२५-०६-२५ , समय : २१:२६:३१ , ४ दिन अगाडि

error: Content is protected !!