अखाद्य माछा बिक्रीवितरण नगर्न झापा गाउँपालिकाको आग्रह

झापा एक्सप्रेस , ८७८३२  पटक हेरिएको

झापा,– झापा गाउँपालिकाले सडेगलेका, बासी तथा अखाद्य माछाले स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने भन्दै त्यस्ता माछा नकिन्न र बिक्री नगर्न आग्रह गरेको छ।

यस्तो माछा बिक्री वितरण गर्ने कार्य नगर्न र कसैले गरेको देखिएमा नजिकको प्रहरी कार्यालय, वडा कार्यालय वा गाउँपालिकाको कार्यालयमा खबर गरिदिन, झापा गाउँपालिकाद्वारा जारी सूचनामा भनिएको छ।

प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाको हस्ताक्षर रहेको सूचनामा जनस्वास्थ्यको हितका लागि सावधानी अपनाउन सबैलाई आग्रह गरिएको हो।

प्रकाशित मिति: २०२५-०५-०९ , समय : १३:५०:३३ , १ वर्ष अगाडि

error: Content is protected !!