झापाको झागाटोलमा आगलागि, ५० हजार बराबरको क्षति

झापा एक्सप्रेस , ३७२५१  पटक हेरिएको

झापा, बैशाख १९ – झापा जिल्लाको झापा गाउँपालिका–७ झागाटोलमा आज दिउँसो एक भान्सा घरमा आगलागी हुँदा करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

स्थानिय गोविन्द सिंह क्षेत्रीको टाटी बेरा र फुसको छानो भएको भान्सा घरमा दिउँसो करिब १:३० बजे चुलोबाट अचानक आगो सल्किएको हो। आगो भान्सा घरसँगै जोडिएको गोठमा समेत फैलिएको थियो।

घटनाको जानकारी दिइएको २:०० बजेपछि प्रहरी चौकी शरणामतिबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। करिब २:४५ बजे पूर्णरूपमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

आगलागीबाट भान्सा घर र गोठमा रहेको भाडावर्तन पूर्णरूपमा जलेर नष्ट भएको छ भने अन्य कुनै मानवीय वा चौपाया क्षति नभएको जनाइएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।

प्रकाशित मिति: २०२५-०५-०२ , समय : २०:०२:११ , १ हप्ता अगाडि

error: Content is protected !!