रेडक्रस शरणामतीको पद हस्तान्तरण तथा सपथ ग्रहण सम्पन्न

तुलसा पौडेल , २३२६८  पटक हेरिएको

शरणामती ।झापा गाउँपालिकामा रहेको नेपाल रेडक्रस सोसाइटी शरणामती उपशाखाका नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।

एक कार्याक्रमका बिच नवनिर्वाचित कार्यसमितिलाई मंगलवार झापा गाउँपालिका- ६ का वडाध्यक्ष हरीबहादुर बानीयाँले सपथ ग्रहण तथा पद हस्तान्तरण गराएका हुन्।

गत माघ २२ गते बसेको सर्वपक्षीय भेलाले संस्थाको आगामी २ बर्षे कार्यकालका लागि महेन्द्र प्रसाईको सभापतित्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।

समितिको सभापतीमा प्रसाई सहित, उप-सभापतीमा हिमा कार्की,सचिवमा तुलसीराम प्याकुरेल,कोषाध्यक्षमा चन्द्रप्रसाद खरेल,सह-सचिवमा भगदेव राजबंशी,सह-कोषाध्यक्षमा निलम ओली सहित अन्य सात सदस्यलाई सर्वदलिय छलफलले चयन गरेको थियो ।

प्रकाशित मिति: २०२२-०३-०२ , समय : १०:१२:१६ , ४ वर्ष अगाडि

error: Content is protected !!