झापाली समाज अमेरिका जुट्यो झापा गाउँपालिकामा एम्बुलेन्स खरिदमा

Jhapa Express , ३०९३०  पटक हेरिएको

शरणामती।झापाली समाज अमेरिका झापा गाउँपालिकालाई एम्बुलेन्स खरिद गर्ने अभियानमा जुटेको छ।

झापाली समाज यु.एस.एले एम्बुलेन्स खरिदका लागि अभियाननै सञ्चालन गरेको अमेरिका स्थीत समाजका सदस्य विशाल भारतीले झापा एक्सप्रेसलाई बताए।

यता समाजमा अभियान सुरु भएपछि झापा गाउँपालिका-४ स्थायी घर भई हाल अमेरिका बसोबास गर्ने विशाल भारतीले आफुले उत्कृष्ट स्वयंसेवकमा पुरस्कार स्वरुप पाएको एक हजार पाँच सय अमेरिकी डलर मध्येबाट पाँच सय डलर सहयोग प्रदान गरेका छन् ।

समाजले यस अभियानमा सहयोग गर्न चाहानेलाई निम्नलिखित बैंक खातामा जोडीन आग्रह गरेको छ |“JHAPALI SAMAJ USA” वेल्स फार्गो बैंक – खाता नं # 5719237579 ।हाल झापा गाउँपालिकामा रेडक्रस सहित तीन एम्बुलेन्स सुचारु छन् ।

प्रकाशित मिति: २०२२-०३-०१ , समय : १९:५०:२७ , ४ वर्ष अगाडि

error: Content is protected !!