स्थानीय निर्वाचन : टिकटको विषय पेचिलो , तरुणदल गौरादहद्वारा ध्यानाकर्षण

झापा एक्सप्रेस , १२१२०  पटक हेरिएको

झापा -आगामी बैसाख ३० गते आसन्न स्थानिय निर्बाचनका निमित्त टिकट बितरणको विषयलाई लिएर देसैभर असन्तुष्टका आवाजहरु आइरहदा झापाको गौरादह काङ्ग्रेस पनि अछुतो रहन सकेन ।

सत्ता साझेदार दलहरुको निर्णय अनुरुप आसन्न स्थानिय निर्बाचनमा आफ्नो पकड सुनिश्चित गर्न गरिएको सम्झौता अनुरुप नेपाली काङ्ग्रेसले नेकपा माओवादी लगायतका दलहरुसग स्थानिय तहमा पद बाँडफाडगरि चुनाबी मैदानमा होमिदैछ्न ।

चुनावमा दर्बिलो बनेर जाने मार्गचित्र अनुरुप अगाडि बड्दैगर्दा अर्कोतर्फ दलहरु भित्रै पद बाँडफाडआन्तरिक कलहको विषय बनेको छ ।

यसै सन्दर्भ अनुरुप झापाको गौरादह नगरपालिकाका केहि वडाहरुको टिकट बितरणको प्रारम्भिक सूचना लाई आधार मानेर केही स्थानिय तथा जिल्ला एबम क्षेत्रीय तहका नेताहरुले पार्टीनै परित्याग गरेको भनी सामाजिक सन्जालमा अभिव्यक्ति दिदै चुनाबको मुखैमा राजनैतिक माहोल बिगारेको भन्दै नेपाल तरुण दल नगर समिति गौरादहले आपत्ति जनाएको छ ।

नेपाली काङ्ग्रेसको तर्फबाट गौरादह नगरपालिकाको उम्मेदवार छनौट कार्य आम कार्यकर्ताको भावना अनुरुप हुनेमा आसाबादी रहेको भन्दै सामाजिक सन्जालमा गरिएको नकारात्मक टिप्पणी नगर्न तरुण दल नगर समितिले अनुरोध गरेको छ ।

बिज्ञप्तिमा भनिएको छ ,आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौटको विषयलाई लिएर विभिन्न भ्रामक प्रचारहरु भैरहेकोतर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । गौरादह कांग्रेसका केही अगुवा व्यक्तिहरुबाटै सामाजिक सञ्जालमा जग हँसाउने गरी भैरहेका टिका/टिप्पणीले हामीलाई लज्जित तुल्याएको भन्दै पार्टी अनुशासनलाई धज्जी उडाउँदै भैरहेका गतिविधि सर्वथा अनुचित र आपत्तिजनक रहेको तरुण दलले ठहर गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै नेतृत्वतहले मुल्यमान्यताको राजनीति गर्नुपर्नेमा कसैको निहित व्यक्तिगत स्वार्थ प्रकट हुँदा पार्टी संगठनमै आघात पुग्ने टड्कारो अवस्था हुनजाने तरुण दल गौरादहको ठहर रहेको विज्ञप्तिमा उल्लेख छ ।

सिंगो समाजलाई दिशानिर्देश गर्नुपर्ने नेताहरु आफै दिशाविहिन हुनु लज्जाको विषय भएको भन्दै यस्ता कार्यले तमाम तरुण कार्यकर्तामा निरासा छाउने भएकोले पार्टीको आधिकारिक निर्णयको खिलाफमा नजान सबैमा तरुणदलले आग्रह गरेको छ ।

विज्ञप्ति यस्तो छ

प्रकाशित मिति: २०२२-०४-२४ , समय : ०६:५४:२० , २ वर्ष अगाडि