राप्रपा प्रवेश गरेको भनेर गलत प्रचार गरियो : शंकर बा

झापा एक्सप्रेस , १५९४४  पटक हेरिएको

बिर्तामोड । नेकपा माओवादी केन्द्र बाह्रदशी वडा नम्बर ७ का पूर्व वडाध्यक्ष शिवप्रसाद शिवाकोटी (शंकर बा)ले आफुले पार्टी परिवर्तन गरेको भन्ने हल्ला निराधार भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरुले आफूलाई राप्रपा प्रवेश गरेको भनेर हल्ला चलाएको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाउँदै आगामी दिनमा त्यस्ता कुप्रचार रोक्न राप्रपाका कार्यकर्तालाई सचेत गराएका हुन् ।

सो क्षेत्रका केहि मानिस राप्रपामा प्रवेश गरेको र उनीहरुसँगै आफ्नोपनि नाम उल्लेख गरिएको भन्दै शिवाकोटीले आपत्ति जनाएका हुन् । लामो समयदेखि नेकपा माओवादी केन्द्रमा रहेर विभिन्न जिम्मेवारी निर्वाह गरिसकेको भन्दै शिवाकोटीले यो उमेरमा अब अरु पार्टीमा जाने त परको कुरा सोँच्नसमेत नसकिने बताए । शिवाकोटीले तथ्यहिन हल्लाको पछाडी नलाग्न पार्टी सदस्य तथा शुभेच्छुकहरुलाई आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति: २०२२-०४-२३ , समय : १८:५६:२५ , २ वर्ष अगाडि