मेचीनगरमा घाइते अवस्थामा भेटिएको जंगली गौर गोरुको मृत्यु

झापा एक्सप्रेस , ४२१३  पटक हेरिएको

झापा । मेचीनगर नगरपालिका–६ भट्टराईचोकस्थित नेहा बेकरी अगाडि घाइते अवस्थामा फेला परेको जंगली गौर प्रजातिको साँढे गोरुको मृत्यु भएको छ।

आज बिहान करिब ७ः३० बजे स्थानीयवासीले सडक छेउमा घाइते भएर सुतेको अवस्थामा उक्त जंगली जनावर देखेपछि तत्काल इलाका प्रहरी कार्यालय काकडभिट्टा र डिभिजन वन कार्यालय झापा लाई जानकारी गराएका थिए।

जानकारी प्राप्त भएपछि सम्बन्धित निकायको टोली घटनास्थलतर्फ खटिएको थियो। तर उपचार तथा उद्धारको प्रयास अघि बढाइरहेका बेला बिहान करिब ८ः३० बजे जंगली गौरको मृत्यु भएको जनाइएको छ।

पछि डिभिजन वन कार्यालय धाइजनको टोली घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया पूरा गर्दै मृत गौरलाई करिब ११ः४० बजे सतगतका लागि लगेको प्रहरीले जनाएको छ।

जंगली जनावर बस्ती क्षेत्रमा कसरी आइपुग्यो र घाइते हुनुको कारण के हो भन्ने विषयमा वन कार्यालयले अनुसन्धान अघि बढाएको बताइएको छ।

प्रकाशित मिति: २०२६-०५-२० , समय : १९:४८:०९ , १० घन्टा अगाडि

error: Content is protected !!