झापाका किसानले पाए अनुदानमा सिचाई मोटर तथा कुटी काट्ने मेशिन

झापा एक्सप्रेस , ७२१  पटक हेरिएको

झापा गाउँपालिकाले कृषि उत्पादन बढाउँदै कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले सिँचाइका लागि विद्युत मोटर साथै पशुपालनमा टेवा पुर्याउने उदेश्यले कुटी काट्ने मेशिन प्रदान गरेको छ ।

गाउँपालिकामा बसोवास गर्ने ९० प्रतिशत नागरिक कृषिमा आत्मनिर्भर रहेकाले उनीहरुलाई आत्मनिर्भर बनाउन गाउँपालिकाको ५० प्रतिशत अनुदानमा कृषकलाई सो सामग्री प्रदान गरेको हो ।शुक्रबार एक कार्यक्रमको आयोजना गरी १६० थान २/३ हर्ज पावरको विद्युत मोटर र ३३ थान कुटी काट्ने मेशिन उपलब्ध गराएको हो । यस्तै कोशी प्रदेश सरकारबाट वडा नम्बर ६ का लागी आएको ६२ थान मोटर बोरिंग सेट समेत वितरण गरिएको छ .यी सबै सामग्रीमा ५० प्रतिशत रकम कृषकले व्यहोर्ने गरी सामान खरिद गरिएको र किसानलाई वितरण गरिएको हो ।

यहाँका अधिकतम किसानलाई लाभ होस् भनेर विभिन्न कार्यक्रम ल्याएको गाउँपालिकाकी कार्यबाहक अध्यक्ष अन्जुदेवी थपलियाले बताउनु भयो ।यसपाली भने धान ,मकै खेतीमा प्रकृतीक प्रकोप परेकोले यस सम्बन्धी पनी पालिकाले कदम चालेको बताउनु भयो .

गाउँपालिका परिसरमा कृषकका लागि सो सामग्री वितरण गरिएको थियो । मोटरसहितका सामग्री वितरण गरिएसँगै त्यसक्षेत्रका कृषक उत्साहित देखिएका थिए ।कृषक मोहन पोखरेलले किसानमैत्री कार्यक्रमलाई धन्यबाद दिदै अब बाली बिमा तर्फ पालिका लाग्नु पर्ने सुझाव समेत दिनु भयो .

प्रकाशित मिति: २०२६-०४-०३ , समय : २१:१८:३१ , २ घन्टा अगाडि

error: Content is protected !!