झापा एक्सप्रेस , १९७७५ पटक हेरिएको
शरणामती।झापा गाउँपालिका-६ स्थीत भृकुटी आधारभुत विद्यालयमा यति खेर वार्षीक परीक्षा जारी छ।कक्षा ८ सम्म अध्ययन हुने यस विद्यालयमा आज आइतबार कक्षा ४ मा अध्ययन गर्ने विद्यार्थीले सामाजिक विषयमा दिएको परिक्षाकाको पेपर बेबारिसे अवस्थामा भेटिएको छ।
करिव ५ बजे विद्यालय बाहिर वेवारिसे अबस्थामा रहेका विद्यार्थीले प्रश्नको उत्तर दिएका पेपरहरु तितरवितर छरिएको अवस्थामा आँफुले भेटेको स्थानीय युवा कौरव खड्काले बताए।२६ जना विद्यार्थीको समाजिक विषयमा दिएको पश्नोत्तर पेपर भेटेको उनले जानकारी दिए।
वर्षभरीको विद्यार्थीको मेहनत परिक्षाफल प्रकाशन गर्नु पर्ने प्रश्नोत्तर पेपरनै बाहिर लावारिस अवस्थामा भेट्दा विद्यार्थीहरुको भविष्यमा गम्भीर असर पर्ने स्थानीय युवा बताउछन।विद्यार्थीले परीक्षा दिएको उत्तरनै यसरी लावारिस अवस्थामा भेट्दा अब सामाजिक विषयमा कसरी परीक्षाफल प्रकाशित गर्ने ?युवाहरुले गम्भीर प्रश्नचिन्ह उठेको बताएका छन।
यता यस विषयमा उक्त विद्यालयमा प्रधानाध्यापक मदनकुमार भण्डारीले आँफुले परिक्षाको जिम्मा विषयगत शिक्षकलाई लगाएको हुनाले यस विषयमा अनविज्ञ रहेको बताए।उनले यो विषय गम्भीर हो भन्दै यस विषयमा छानविन गर्ने बताए।यो पेपर अनयन्त्र गएर हराएको अथवा नष्ट भएको भए के गर्नु हुन्थ्यो भन्ने झापा एक्सप्रेसको प्रश्नमा भुलचुक भएकै हो म यस विषयमा कुरा गम्भीर कदम चाल्छु उनले भने।
४० पुर्णाङको सामाजिक विषयको कक्षा ४ का २६ जना विद्यार्थीको प्रश्नोत्तर पत्र बाहिर बेबारिसे अवस्थामा भेटिएको हो।
प्रकाशित मिति: २०२२-०४-१७ , समय : २१:२०:४२ , ३ वर्ष अगाडि