झापा एक्सप्रेस , ३२४ पटक हेरिएको
म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले निर्वाचन चिह्न पाएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएर आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका महावीर पुनले ‘त्रिभुज’ निर्वाचन चिह्न पाएका हुन् ।
यही माघ ६ गते उम्मेदवारी दर्ताका गरेका उम्मेदवारलाई शुक्रबार (माघ ९) निर्वाचन चिह्न प्रदान गरिएको हो ।
उम्मेदवार पुनले आफूले त्रिभूज चुनाव चिह्न पाएको जानकारी दिएका छन् । ‘ महावीर पुनको चुनाव चिह्न आयो। नेपालभरिका स्वतन्त्र उम्मेदवारहरूले यही चिह्न (त्रिभुज) लिए हुन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रकाशित मिति: २०२६-०१-२३ , समय : १९:२५:४३ , ३ घन्टा अगाडि