झापा एक्सप्रेस , ५७० पटक हेरिएको
चौतिस औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस झापा गाउँपालिकामा विविध कार्यक्रमसहित भव्यतापूर्वक मनाइएको छ। झापा–तिन स्थित दुर्गा मन्दिर परिसरमा रहेको सामुदायिक भवनमा बुधबार आयोजित कार्यक्रममा र्याली, सांस्कृतिक प्रस्तुति तथा सम्मान कार्यक्रमसमेत गरिएको थियो।
अपाङ्गता भएका व्यक्तिहरूको संस्थाका अध्यक्ष रामराज गणेशको अध्यक्षता र गाउँपालिकाकी कार्यबाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै कार्यबाहक अध्यक्ष थपलियाले ग र घ समूहमा पर्ने अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यले नदिएको सुविधा स्वयं झापा गाउँपालिकाले प्रदान गर्दै आएको उल्लेख गर्दै स्थानीय सरकार अपाङ्गता मैत्री सेवामा अग्रसर रहेको बताउनु भयो ।
त्यस्तै, वडा नम्बर एक का अध्यक्ष राजकुमार यादव, वडा नम्बर तिनका वडा सदस्य कुमार राईलगायत वक्ताहरूले अपाङ्गता भएका व्यक्तिहरूको हक–अधिकार सुनिश्चिततामा सबैको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।
कार्यक्रमको संचालन संस्थाका सचिव आफजल हुसेनले तथा स्वागत मन्तव्य सुस्मा कटुवालले राख्नु भएको थियो ।
कार्यक्रममा महिला तथा बालबालिका शाखाकी प्रमुख संजु फागो, करुणा फाउन्डेसनका कुवेरमणी निरौला लगायत अतिथि तथा सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रकाशित मिति: २०२५-१२-०३ , समय : १९:५४:३२ , १ घन्टा अगाडि