झापा गाउँपालिकामा अन्तर्राष्ट्रिय बाल दिवसको अबसरमा विशेष कार्यक्रम सम्पन्न

झापा एक्सप्रेस , ४४७१  पटक हेरिएको

अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा झापा गाउँपालिका र कारितास नेपालको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय बाल दिवसको अबसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ।

झापाको झापा गाउँपालिका स्थित डिल्लीराज माध्यमिक विद्यालयको सवाहलमा आज शुक्रबार बाल दिवस विशेष कार्यक्रमको आयोजना गरिएको हो । सनराईज बाल क्लबका अध्यक्ष राहुल राजवंशीको अध्यक्षता तथा झापा गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा झापा गाउँपालिका भित्र रहेका विद्यालयहरूबीच अन्तरविद्यालय वाद विवाद प्रतियोगिता, चित्रकला प्रतियोगिता र स्मरणशक्ति परीक्षण जस्ता कार्यक्रम आयोजना गरी पहिलो दोस्रो तेस्रो र चौथो हुने विद्यार्थीहरूलाई पुरस्कार समेत वितरण गरिएको थियो।

प्राथमिक तहका स्तरीय स्मरणशक्ति परीक्षण कार्यक्रममा सालमारा प्रा विको अस्लाम अलीले प्रथम स्थान हासिल गरेका थिए। त्यस्तै महेन्द्र माविको एलिजाबेध हेमरम दोस्रो, साउथ होराइजन माविको रोशिका भट्टराई तेस्रो र होली फिल्ड एकाडेमिकको प्रशान भट्टराईले चौथो स्थान हासिल गरेका थिए।

आधारभूत तहस्तरीय चित्रकला प्रतियोगितामा सिमलबाडी आधारभूत विद्यालयको अनुज दासले प्रथम स्थल हासिल गरेका थिए। त्यस्तै जनकल्याण माविको रेश्मा तामाङले दोस्रो, जनता माविको तमन्ना विश्वकर्माले तेस्रो र सेन्ट जेनिभर्स विद्यालयको मनिष राजवंशी चौथो स्थान हासिल गरेका थिए।

मावि तह स्तरीय वादविवाद प्रतियोगितामा चन्द्रज्योति माविको निरोज पाठकले प्रथम स्थान हासिल गरेका थिए। त्यस्तै जनता माविको राजेश खड्काले दोस्रो, जय पाथिभरा अङ्ग्रेजी माविको गरिमा सुवेदीले तेस्रो र महेन्द्र माविको करिना राजवंशीले चौथो स्थान हासिल गरेका थिए।

महिला तथा बालबालिका शाखा प्रमुख सन्जु फागोले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सुन्दरलाल गणेशले स्वागत मन्तव्य राख्नुभएको थियो।

प्रकाशित मिति: २०२५-११-१६ , समय : ०९:३१:५९ , १७ घन्टा अगाडि

error: Content is protected !!