दिपल एस ०५ बिर्तामोडमा भव्य सार्वजनिक

‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक्नोलोजी’को उत्कृष्ट संयोजन भएको दावी

झापा एक्सप्रेस , ६५०  पटक हेरिएको

झापा । नेपालका लागि ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ इभी ब्रान्डका रूपमा परिचित दिपलको इलेक्ट्रिक एसयूभी दिपल एस ०५ पूर्वी नेपालमा भव्य रूपमा सार्वजनिक भएको छ। दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले बिहीबार झापाको मेचीनगरस्थित होटल मेची क्राउण्डमा आयोजना गरेको विशेष समारोह मार्फत गाडी सार्वजनिक गरिएको हो।

बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा, कन्काई नगरपालिका प्रमुख राजेन्द्र पोखरेल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, दिपल बिर्तामोड आरए मोटर्स अध्यक्ष राजेन्द्र थापा र प्रबन्ध निर्देशक अनुस्थान थापा सहितका विशिष्ट व्यक्तित्वले संयुक्त रूपमा दिपल एस ०५ अनावरण गरेका हुन्।

नेपालमा सार्वजनिक भएको केही सातामै दुई सयभन्दा बढी युनिट बिक्री भइसकेको यो मोडेलले अब पूर्व–नेपालको इभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरिएको छ।

सीएटिएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २।०’

दिपल एस ०५ मा विश्वकै अग्रणी ब्याट्री निर्माता ऋब्त्ी को आधुनिक गोल्डेन शिल्ड ब्याट्री सिस्टम २।० प्रयोग गरिएको छ। यसले ५ हजार चार्जिङ साइकल अर्थात् करिब ६ लाख किलोमिटरसम्मको लाइफस्पान प्रदान गर्ने कम्पनीको दाबी छ।

प्रिमियम कम्फर्ट फिचर स् ‘जिरो ग्राभिटी’ कोपाइलटदेखि रिमोट पार्किङसम्म

दिपल एस ०५ को भित्री सुविधाहरू यसलाई आफ्नो सेग्मेन्टमा विशेष बनाउँछन्।

दुवै फ्रन्ट सिट वेलकमिंग, भेन्टिलेटेड र हिटेड

क्विन कोपाइलट सिट सहित ‘जिरो ग्राभिटी’, लेग–सपोर्ट र वन–टच न्याप मोड

सेग्मेन्ट–एक्स्क्लुसिभ रिमोट इन एन्ड आउट पार्किङ, जसले साँचो प्रयोग गरेर गाडीलाई बाहिरैबाट अगाडि–पछाडि सार्न सकिन्छ

सेग्मेन्टमै पहिलो अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्ले ९ब्च्–ज्ग्म्०

१४।४ इन्चको सनफ्लावर टचस्क्रिन र पूर्ण इन्टरनेट कनेक्टिभिटी

बिर्तामोडमा अत्याधुनिक सोरुम उद्घाटन

कार्यक्रमकै अवसरमा बिर्तामोडमा दिपलको नयाँ स्टेट–अफ–द–आर्ट सोरुम उद्घाटन गरिएको छ। अब आरए मोटर्सले पूर्वी क्षेत्रमा दिपलका इभीको विक्री–वितरण र विक्री–पछिको सेवा औपचारिक रूपमा प्रदान गर्नेछ।

यससँगै शनिबारदेखि तीन दिनसम्म विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज कार्यक्रम सुरु भएको छ।

टेस्ट ड्राइभमा उपलब्ध मोडेलहरू

कार्यक्रममा दिपलका उत्कृष्ट इभी–लाइनअप परीक्षण गर्न सकिनेछः

दिपल एस०७ क्ष्ऋब् – आकर्षक कनेक्टिभिटी र प्रिमियम डिजाइन

दिपल ी०७ – स्टाइलिस सेडान

अवतार ११ – अल्ट्रा–प्रिमियम लक्जरी एसयूभी

दिपल एस०५ – हालैको चर्चित मोडेल

ग्राहकका लागि आकर्षक अफर

एक्सचेन्ज क्याम्पमा सहभागी हुने ग्राहकले पाउने सुविधाः

पुरानो गाडीको सर्वोत्कृष्ट मूल्यांकन

निश्चित मोडेलमा नगद छुट

निशुल्क रोड ट्याक्स र इन्स्योरेन्स

निशुल्क ट्राभल चार्जर

कार्यक्रम स्थलमा दिपलको नवीनतम ह्युमनोइड रोबोट र रोबोट कुकुर समेत प्रदर्शनीमा राखिनेछ, जसले चाङान ग्रुपको एआई र अटोमेसनप्रतिको भविष्यदृष्टि प्रत्यक्षरूपमा देखाउनेछ।

कार्यक्रममा बिर्तामोडसहित मेचीनगरका उद्योगी व्यवसायीको सहभागीता रहेको थियो । सास्कृतिक कार्यक्रम सहित आयोजना गरिएको कार्यक्रमको सञ्चालन अनु मानन्धरले गरेकी थिइन् ।
कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाई र विशेष अतिथि कनकाई नगरपालिका प्रमुख राजेन्द्र कुमार पोखरेलले शुभकामना दिएका थिए ।

प्रकाशित मिति: २०२५-११-१४ , समय : ०९:४१:३४ , २ घन्टा अगाडि

error: Content is protected !!