पाथीभरा सहकारीको १८ औं वार्षिक साधारण सभा सम्पन्न

झापा एक्सप्रेस , ३४८७  पटक हेरिएको

पाथीभरा सहकारीको १८ औं वार्षिक साधारण सभा सम्पन्न

शरणामती-झापा गाउँपालिकामा रहेको श्री न्यू पाथिभरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।संस्थाले शुक्रबार झापा-६ शरणामती स्थित सिद्देश्वर शिवालय मन्दिरको सभाहलमा १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो।

संस्थाका संचालक समिति अध्यक्ष शंकर प्रसाद पाण्डेको अध्यक्षता र झापा गाउँपालिका कार्यबाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वार्षिक साधारण सभामा अध्यक्ष पाण्डेले प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो।

संस्थाको आर्थिक बर्ष २०८१/०८२, असार मसान्त सम्मको वित्तिय स्थिति शेयर पुँजी १ करोड १३ लाख १३ हजार ९ सय पचास,बचत संकलन १० करोड ३ लाख २५ हजार ६०६,लगानी हिसाब ५६ लाख १७ हजार १०४,ऋण लगानी ८ करोड २२ लाख २८ हजार १०४ ,जगेडा कोस ८० लाख ८६४,अन्य कोष १८ लाख ७४ हजार ९९६ ,नगद मौजाद ६ लाख ३० हजार ६८१ ,बाह्य ऋण ११ लाख २५ हजार,४ करोड २० हजार ६३७ ,सदस्य बृदी ९८ जना ,स्थिर सम्पति ३ लाख ६२ हजार ५४० ,अन्य दायीत्व १२ लाख ८५ हजार ७०६ ,पाउनु पर्ने हिसाब १ लाख २५ हजार १९९ ,कुल आम्दानी १ करोड ६० लाख ९४ हजार ३१७ ,कुल खर्च १ करोड ५० लाख ७३७ ,खुद नाफा १० लाख ९३ हजार ५७९ रहेको पाण्डेले बताउनुभयो।

कार्यक्रममा प्रमुख अतिथि थपलियाले यस सहकारीले छोटो समयमै धेरै उन्नती गरेको बताउनु भयो .

सचिव भविन्द्र भण्डारीले सन्चालन गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष महेन्द्र प्रसाइले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२५-११-०१ , समय : २०:०२:०६ , ७ घन्टा अगाडि

error: Content is protected !!