वडा ७ मा राप्रपाले पनि छान्यो उम्मेदवार,वडाध्यक्षमा उप्रेती

झापा एक्सप्रेस , ७८४०  पटक हेरिएको

शरणामती।बैशाख ३० गते हुने भनिएको आसन्न निर्वाचनका लागि राप्रपा झापा गाउँपालिका वडा नम्बर ७ कार्यसमितिले वडाध्यक्ष पदका लागि यज्ञ उप्रेतीलाई सर्वसम्मत गरेको छ।

राप्रपाको वडा भेलाले वडाध्यक्षमा उप्रेती,खुल्ला वडासदस्यहरुमा गोबिन्द खड्का र भक्त बहादुर राई,महिला खुल्ला वडासदस्यमा धन कुमारी राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।त्यस्तै दलित महिला को एक दुइ दिन मा नाम आउने बताइएको छ।

वडा समितिबाट उम्मेदवारका लागि सर्वसम्मत भएका नामहरु सिफारिस गर्दै सम्बन्धित कार्यसमितिमा पठाइने राप्रपाका एक नेताले बताए।

यस अघि वडा ७ बाट नेपाली काँग्रेसको वडा भेलाले समेत वडाध्यक्षमा सखिचन्द्र ठाकुरलाई सर्वसम्मत गरेको छ।त्यस्तै नेकपा एमालेको वडा भेलाले सारद तिमल्सिनालाई वडाध्यक्षमा सर्वसम्मत गरेको छ।यसरी राप्रपाले पनि वडा नम्बर ७ बाट उम्मेदवारको टुङ्गो लगाए सँगै यदी वडा भेलाले गरेका निर्णयका आधार पार्टीले टिकट दियो भने झापा गाउँपालिका वडा नम्बर ७ बाट ठाकुर,तिमल्सिना र उप्रेतीको भिडन्त हुने सम्भावना देखिएको छ।

प्रकाशित मिति: २०२२-०४-१६ , समय : ०९:५१:४५ , २ वर्ष अगाडि