नेपाली कांग्रेस-झापा गाउँपालिका वडा-६ बाट थापालाई वडाध्यक्षको उम्मेदवार बनाउने तयारी

झापा एक्सप्रेस , १९६४३  पटक हेरिएको

शरणामती।नेपाली कांग्रेस झापा गाउँपालिका वडा नम्बर ६ कार्यसमितिले आसन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदका लागि नबिनकिशोर थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

आज सुक्रबार भएको नेपाली कांग्रेसको वडा भेलाले वडाध्यक्षमा थापा,महिला वडा सदस्यमा देबीमाया भट्टराई र दलित वडासदस्यमा उर्मिला ल्वागुनको उम्मेदवारमा नाम सिफारिस गर्ने निर्णय गरेको छ।बाँकी वडासदस्यको भने केही दिन पछी टुंगो लाग्ने नेकाका वडासभापती मोहन मिश्रले जानकारी दिए।

नेकाको वडा भेलाले सर्वसम्मत गरेका नामावलीहरु सम्बन्धित समितिमा सिफारिस गरिने निर्णय भएको मिश्रले बताए।

प्रकाशित मिति: २०२२-०४-१५ , समय : २१:१०:२८ , २ वर्ष अगाडि