झापाको गौरादहमा माओवादी केन्द्रद्वारा दीप प्रज्वलन सहित गणतन्त्र दिवस मनाइयो

झापा एक्सप्रेस , २२१६५  पटक हेरिएको

नेकपा माओवादी केन्द्र गौरादह नगर कमीटीले गणतन्त्र दिवसको अवसरमा गौरादहस्थित सहिद गेटमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

१८ औ गणतन्त्र दिवसका अवसरमा माओवादी केन्द्रले दिप प्रज्वलन कार्यक्रम गरेको हो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र गौरादह नगर अध्यक्ष गणेश राजबंशी र केन्द्रिय सदस्य तथा झापा इन्चार्ज रंजित तामाङले मन्तव्य राखेका थिए।

कार्यक्रममा केन्द्रिय सदस्य तथा झापा इन्चार्ज रंजित तामाङ , क्षेत्रीय संयोजक दुर्गा चम्लागाइ ( श्रीकान्त ) , झापा क्षेत्र न ५ (क ) इन्चार्ज सुलोचना राजवंशी , झापा जिल्ला सदस्य श्याम पोखरेल , अनेरास्ववियु क्रान्तीकारी झापा अध्यक्ष बिबेक दाहाल , उपाध्यक्ष निरोज बस्नेत लगायत सयौको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२५-०५-२९ , समय : २०:२६:४४ , ४ दिन अगाडि

error: Content is protected !!