झापा एक्सप्रेस , २७१७४ पटक हेरिएको
झापाको पाडाजुँगी–गौरादह सडक खण्डमा कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । कमल गाउँपालिका –६ दहीचोकस्थित पाडाजुँगी– गौरादह सडक खण्डमा गौरादहबाट पाडाजुँगीतर्फ जाँदै गरेको प्र.३–०१–०२२ च ५४९४ नम्बरको कार मोटरसाइकललाई जोगाउने क्रममा आफै अनियन्त्रित भई सडकबाट तल नालीमा पल्टिएको हो ।
दुर्घटनामा गौरादह –१ बस्ने ५४ वर्षीया दिव्या दाहाल , सोही ठाउँ बस्ने ३५ वर्षीया जुना दाहाल र ४५ वर्षीया शारदा दाहाल घाइते भएका हुन् । उनीहरूको आम्दा अस्पताल दमकमा उपचार भइरहेको छ । कार चालक गौरादह –१ बस्ने अन्दाजी ३० वर्षीय विदुर दाहाल सकुशल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: २०२४-११-२९ , समय : १९:३४:४७ , २ हप्ता अगाडि