कनकाईको वडा स्तरीय बाल संजालले एकल नृत्य प्रतियोगिता गर्ने

झापा एक्सप्रेस , २१३७९  पटक हेरिएको

शरणामती – झापाको कनकाई नगरपालिका वडा नम्बर ७ स्थित वडा स्तरीय सरस्वती बाल संजालले एकल नृत्य प्रतियोगिताको आयोजना गर्ने भएको छ।आउँदो मंसिर ५ गते अन्तर्राष्ट्रिय बाल दिवसको दिनको अबसर पारेर सो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

सोही अवसरमा दुर्गापुर बजार आसपासको परिषर मा बालबालिका , बालमैत्री , बाल अधिकार , बाल बचाउ , बाल श्रम अन्त्य गर्न प्रेरित गर्दै विशेष र्याली समेतको आयोजना गर्न लागिएको छ।

मंशीर ५ गते बिहान १०:३० बाट कनकाई ७ स्थित भृकुटी माध्यमिक बिधालयको प्राङ्गणमा हुने कार्यक्रममा वडा नम्बर ७ भित्र बाट उत्कृष्ट खेल खेल्ने बाल खेलाडि छनौट गरि आगामी दिनको अझ सफलताको कामना गर्दै सम्मान गरिने बाल संजालका अध्यक्ष रिजन तिम्सिनाले बताए ।

सरस्वती वडा बाल संजाल क्रियाशिलरुपमा कनकाई नगरपालिकाको बालमैत्री स्थानीय शासन अभियानलाई साथ दिदै निरन्तर टाेल स्तरीय , समुदाय स्तरीय , बिधालय स्तरीय , वाड स्तरीय हुँदै नगर स्तरीय कार्यक्रमहरु समेत संचालन गर्दै आईरहेको छ।

प्रकाशित मिति: २०२४-११-१३ , समय : १८:२५:४४ , ४ हप्ता अगाडि