सन्थालबस्तीको पीडा हरेक साल उस्तै ,लाइन्स क्लब मलपट्टीमा व्यस्तै

झापा एक्सप्रेस , १३३८८  पटक हेरिएको

झापाको झापा गाउँपालिका-१ निवासी बलराम टुडु यस कन्काई माईको किनार मिलनबस्तीमा बसोबास गरेको २०/२५ बर्स भयो।उनी यस गाउँमा आउँदा कन्काई माई नदी धेरै पर थियो।उनले हेर्दा हेर्दै कन्काई नदी सर्दै आफ्नै बस्ती छेउ आइपुग्यो।अहिले हरेक बर्ष यही नदिले यहाँको बस्तीलाई सताउने गर्छ।बर्खाको समय पानीको उच्च बहाबले बर्सेनि यहाँको बस्ती डुबाउने गर्छ।हरेक साल डुबानको उच्च जोखिममा रहेको यो बस्तीका बासिन्दा डुबानको समय बिस्थापित हुने गरेका छन् ।

स्थानीय युवाहरु तथा जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा डुबानमा परेकाहरुलाई उद्दार गरेर सुरक्षित स्थान तर्फ लाने गरेको स्थानीय जयनारायण पौडेल बताउछन् ।यो क्षेत्र झापा गाउँपालिकाकै बिकट क्षेत्र भन्दा फरक नपर्ला।यहाँ त पहिले बाटो बिजुलीको समेत समस्या थियो।अहिले भने सरकारले बाटो तथा बिजुलीको प्रवन्ध गरेको छ ।

मिलनबस्तीमा यो डुबानको शिलाशिलाको अन्त्य हुन् सकेको छैन ।यहाँ ८० घरपरिवारको बसोबास रहेको छ ।अधिकांस सन्थाल सामुदायका मानिस बसोबास गर्छन । नजिकैको कन्काई नदीलाई हुलाकी राजमार्ग सम्म तटबन्ध गर्न सके स्थायी रोकथाम हुनेमा यहाँका बासिन्दा आशाबादी छन् ।नेताहरुले नगरेको पनी होइन तर पनी हाम्रो समस्या सावधान हुन् सकेको छैन मुर्मुले भने ।

अब १२ सय मिटर जती तटबन्धको काम बाँकी छ त्यो पनी पहल गरेर काम गर्न हामी प्रतिबद्द छौ नेपाली कांग्रेसका नेता देउकुमार थेबेले बताए ।

यसै बीच लाइन्स क्लबले हर समय पिडामा रहने यस बस्तीका बासिन्दालाई अलिकती भए पनी राहत होस् भनेर राहत वितरण गरिएको छ ।लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ सी नेपालको सहयोगमा ८० बाढीपीडित परिवारलाई जनही २५ केजी चामलसहित नुन,तेल , दाल , भान्सामा प्रयोग हुने भाँडावर्तन , झुल , व्लांकेट , तपेशलगायतका सामग्रीहरु दिएको डिस्ट्रिक सेकेन्ड भाईस गभर्नर लिला चिमरियाले बताए ।

प्रकाशित मिति: २०२४-१०-२७ , समय : १९:१६:४४ , १ हप्ता अगाडि