हावाहुरीले सालमारामा मच्चायो विध्वंस- घरका छाना तहसनहस

झापा एक्सप्रेस , ८९९५  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिका-१ स्थित सालमारामा आज आइतबार चलेको हावाहुरीले विध्वंस मच्चाएको छ।हावाहुरीका कारण सालमाराको सिंगो गाउँका छानाहरु उडेको प्रहरीले जनाएको छ।

यस गाउँमा रहेका फुस्का र एक तले बासको भाटा चेपिएका घर कुनै आशिंकरुपमा क्षती पुगेको र कुनै पुर्णरुपमा क्षती पुगेको बताइएको छ।यहाँका करिव ४० भन्दा बढी घरमा हावाले क्षती पुर्याएको स्थानीय मौसम आलमले झापा एक्सप्रेसलाई बताए।”अहिले कोही बाटोमै बसेका छन् ,घरको छानो उडाएर सुत्ने ठाउँ छैन,कोही भने आफन्तको शरणमा गएका छन् उनले भने”।

जनप्रतिनिधि,राजनितिक दलका प्रतिनिधी सबै आएर हेरेर जानुभयो ,उहाँहरुले भोलि बिहान सबै डाटा संकलन गरेर उचित राहात दिलाउने बताउनु भयो।रेडक्रस  सोसाईटीबाट  भने अहिले सम्म आउनुभएको छैन,त्रीपालहरु पनि केही छैन आलमले भने।

यता यस विषयमा नेपाल रेडक्रस सोसाइटी उपशाखा कुमरखोदका सभापती सुन्दरलाल गणेशले आफु अस्वस्थ्य रहेको बताए।उनले पुन: कुरा गर्दै आफ्नो शाखामा त्रिपाल नरेको र यसबारे जिल्ला र शरणामती उपशाखामा जानकारी गराएको बताए  ।त्रिपाल आएपछी हामी भोली बिहानै जान्छौ उनले भने ।अनी राती मौसम प्रतिकुल भए बिजोग हुन्न ? भन्ने प्रश्नमा उनले कुमरखोद शाखामा कुनै  सामाननै  नरहेको बताए ।

यता घरको क्षतीको पुर्ण विवरण भने भोलि सोमबार विहान आउने प्रहरीले बताएको छ।

शसस्त्रको अस्थायी क्याम्प हावाले उडायो

शसस्त्र प्रहली बल बिओपी टाघनडुब्बा अन्तरगतको एफओपी सालमाराको अस्थायी क्याम्प हावाहुरीले पुर्णरुपमा क्षतीग्रस्त बनाएको छ।

आज आइतबार आएको हावाहुरीका कारण एफओपीमा क्षती पुर्याएको सशस्त्र प्रहरीले बताएको छ।

प्रकाशित मिति: २०२२-०४-१० , समय : २१:१८:४७ , २ वर्ष अगाडि