झापा गौरादहकी एक महिलाको चट्याङ लागेर मृत्यु

झापा एक्सप्रेस , ९७७६  पटक हेरिएको

गौरादह-झापाको गौरादह नगरपालिका वडा नम्बर ५ मा चट्याङले लागि ‍एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरादह नगरपालिका-५ कि ४० बर्षीया मन माया थापा रहेकि छन ।उनी आज दिउँसो १ बजे घर नजिकै काम गरीरहेको अवस्थामा हावाहुरी र पानी संगै परेको चट्याङले लागि घाईते भएकी थिइन ।

प्रहरीका अनुसार थापाको उपचारको लागि मेडीम्याक्स अस्पताल गौरादह तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरिक्षकको टोली खटि गई कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागी दमक अस्पताल दमक पठाइएको साथै घट्ना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०४-१० , समय : २०:०४:२८ , ३ वर्ष अगाडि

error: Content is protected !!